प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजदेखि नियमित सुनुवाइ हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजदेखि नियमित सुनुवाइ हुँदै

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०७७, बुधबार

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजबाट नियमित सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाइ हुने भएको हो ।

    पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्द‌ै दर्जन बढी रिट परेमा छन् । पुस १० गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजबाट नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो । 

    निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६, (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू,” प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा सो मुद्दा पठाएका थिए ।

    पुस १० को प्रारम्भिक सुनुवाइपछि अब नियमित सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासले सो मुद्दामा एमिकस क्युरीसमेत झिकाएको छ ।