मूर्छित सपनाहरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    मूर्छित सपनाहरु

    वि वि श्रेष्ठ

    ११ बैशाख २०७८, शनिबार


    सोचको विविधतामा छल्किएका भावहरुले असंख्य पटक कल्पनाका महलहरु वनाए, विश्वासको सम्वन्धमा मिठासका लागी वुनिएका तानावानाहरु सपना र कल्पनामा सिमित हुदै यथार्थतामा परिणत हुने अभिलाषा प्रकट भयो । त्यहि सोच रातको त्यो निष्पठ अन्धकारमा पनि वोध भयो, तर त्यो यथार्थतामा आभास हुने मुर्छित सपनाहरु भने समयको यो अन्तराल सँगै विलिन हुदै गईरहेको छ । आत्मिक सन्तुष्टिको खोजीमा गरिने क्रिया कर्महरु फगत देखावटी हुन् । चाहना र आकांक्षाको यो दौडानमा दौडिनेहरु अविरल दौडिरहेका छन् । मुर्छित सपनाहरुको त्यो मिलनमा । देखाई र भोगाईको तादात्म्यता साधन मात्र हो । जुन साध्य होईनन् । जीवन आफैमा प्राप्तिको चाहना मात्र हो, यथार्थ होईन । आत्मामा महशुश हुने एकाग्रतामा खेलिने खेलहरु वातावरणमा वेग्रल्ती भेटिनछन् । जसले प्राप्तिको चाहनामा पर्याप्त ठेस पुरयाईरहेका हुन्छन् । वातावरणीय प्रभावले गाँजेको हाम्रो सन्तुलन एकाग्रताका शत्रुहरु हुन् । जसले आत्मालाई तरल वनाईरहेका हुन्छन् । चेतनाको भावसँगै विकसित भएका सोचहरु सवै प्राप्तिमा वदलिने भए सायद यो धर्ति रहने थिएन होला । चक्रियतामा घुमेको यो संसारको यो नै सवैभन्दा ठुलो योगदान रहेछ, क्यारे !

    प्राप्ति पछिको चाहना के होला ? प्राप्तिमा नै सम्पुर्ण सन्तुष्ठि मिल्ला कि नमिल्ला ? सोचमा प्राप्तिको ग्रहणले सफल जीवनको मान्यता पुर्ति होला या अन्य नयाँ प्राप्तिको चाहनामा आत्मालाई अभ्यस्त वनाउला ? सोचको यो परिधव्धता जीवनको अन्तिम सासमा पनि नयनको द्रष्टतावाट देख्न सकिन्छ । त्यहि स्वप्नद्रष्टले सिकाएको वाच्ने अभिलाषालाई कति न्याय देला ? असिमित चाहनाको उत्कट भावहरु जीवनको वाँच्ने माध्याम मात्र रहेछ, जसले जीवनलाई भुलाउन भुमिका खेल्ने रहेछ । आँखाको भावहरुमा देखिने चाहनाहरु मनभित्रका अन्तरकुन्तरमा सधै रहिरहने साधनहरु रहेछन् । जुन वालकको त्यो कोमल नयनमा पनि देखिन्छन् भने वुढ्यौलीको त्यो लोध्रिएको आखाँमा पनि देखिन्छन् , फरक यति मात्र हो, कि कसैले यसको भाव वुझने प्रयत्न गर्दछन् भने कसैले यसको महत्व नै वुझदैनन् । यहि सत्यतामा टेकेरे हेर्ने हो भने मुर्छित सपनाहरु हरेक सजिव प्राणीको त्यो नयनमा देख्न सकिन्छ, जुन आत्मावाट मुखतरित भएका हुन्छन् ।

    आत्माको पुकार नयनवाट छछल्किने स्वरुप नै मानविय भाव हो । त्यो भाव प्राप्तिमा आश्रित रहेको हुन्छ । प्राप्तिलाई नै जीवन ठान्नेहरुको भीडमा हराउनेहरुको कमी छैन यहाँ । त्यहि दौडमा दौडनका लागी तल्लिन हुदाँ वास्तविक जीवनहरु नै गुमनाम भईदियो । प्रकृतिको यो नियमन भित्र समेत छिर्न नसक्नेहरु यो समाजका समाजिक प्राणीमा दर्जित वनिदियो । आत्मा सवैको समान हुन्छ भन्ने एकमात्र सत्य वुझन नसक्नेहरु कथित मानव भईदियो । आत्माको यो ज्वारभाटाको रापले दन्किएको यो प्राप्तिक पुकार पनि केवल स्वार्थ केन्द्रित त छैनन् ? प्रश्नले अविराम सोधिरहयो, स्वार्थताको त्यो रापले प्रश्नलाई नै खरानी वनाईदियो । अनुकुलतामा नै जीवन खोज्ने अभिलाषाले युगको उर्वरता नै नष्ट गरिदियो । कमजोरी ढाक्नका लागी खेलहरु जतिसुकै सार्थक वनाउन प्रयत्न गरेता पनि त्यो किमार्थ सम्भव नहुने रहेछ । आत्मिक शान्ति विनाको जीवनको परिभाषा भनेको अपुर्ण रहेछ, जुन सवैले व्यतित गरिरहेका हुदाँेरहेछन् ।

    जव चेतना र आत्माको मिलन हुन सक्दैन, जीवनको अशान्तिको मुलहरु प्रवाहित हुदाँे रहेछ । देखिने र भोगिने जीवनको वीचमा भिन्नता छुट्टयाउन नसक्नु भनेको नै जीवनका सवैभन्दा ठुलो भुल रहेछ । त्यहि भुलको अंश नै प्राप्तिको कारक वन्दो रहेछ । उर्वर मस्तिष्कहरु जव प्राप्तिमा गएर सहवास गर्दछन्, अनि त्यसको पतन शुरु हुने रहेछ । जीवनको समान्य शाव्दिक अर्थ खोज्न नसक्नेहरु आकांक्षा र ईच्छामा नै जीवन समाप्त गर्ने रहेछन् । अनि यसैलाई नै जीवनचक्रको अंश भनिदोरहेछ । विज्ञानले जति नै संसार परिवर्तन गरेता पनि सोचको विविधता भित्र सकारात्मक पाटो पहिल्याउन सकेन भने त्यसले परिणाम सहज नदिने रहेछ । चन्द्र र सुर्यमा समेत दाग देखिएको दावी गर्नेहरु आफनो जीवनको पाटोलाई अध्ययन गर्ने हिम्मत गर्न सक्दोरहेनछन् । यथार्थता र देखावटीमा जीवन जिउनेहरुको प्रतिष्पर्धामा देखावटीका मतियारहरु नै समिपमा हुने रहेछन् ।
    अनुत्तरित प्रश्नहरुको भीडमा सोधिएका प्रश्नले जीवनलाई वुझन प्रयत्न गरेता पनि सार्थकता भने शुन्य भन्दा केहि हुन सक्दैन । तथापी यहि प्रश्नले भने जीवन र जगतलाई नजिकवाट हेर्न सिकाएको छ । पृथकता खोज्ने नाममा धेरै रातहरु जागा रहेका नयनहरु मानव आत्माको भावहरु वुझने कथित प्रयास जारी नै छ । प्रत्येक पाईलाले झस्काएका मस्तिष्कहरु भोलिका दिनमा अग्राधिकार रहला कि नरहला ? परिणाममुखी होला कि नहोला ? नविन सिद्धान्तको प्रार्दुभाव गर्ला कि नगर्ला ? धर्तिले सोधका अनुत्तरित प्रश्नको जवाफ देला कि नदेला ? मुर्छित सपनाहरु साकार होलान् कि नहोलान् ? गर्भमा नै रहेका यो प्रश्नले धर्तिमा पर्दापण गर्ला नि नगर्लालान् ?

    सोचको यो विविधताभित्रको वंशीय गुणले नयाँ पिढीमा यो भावको संचार गर्ला कि नगर्ला ? समयको यो भीडले सोचको यो भावलाई विलिन गर्ला कि नगर्ला ? साँच्चै सधैको निष्पट रात झै भोलिका दिनमा देखिने मुर्छित सपनाहरु एकाकार वन्नेमा भने कुनै शंका छैन, किनकी सोचको यो परिधी भनिने र गरिने भन्दा पृथक वनाउन त्यति सहज छैन ।