मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    काठमाडौं : अस्पतालबाट डिस्चार्ज भएर गइसके पनि स्वास्थ्यमा पुन: समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना हुनुभएकाे छ । अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ नआएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिनुभयाे ।

    ‘मदन दाइको अक्सिजन लेबल अलि घटेर कमजोरीपना देखिएको थियो। सुरक्षित हुन्छ भनेर उहाँलाई तीन दिनअघि अस्पताल अस्पताल भर्ना गरिएको हो,’ आचार्यले भन्नुभयाे ।

    वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। मदनकृष्णको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गत शुक्रवारमात्रै डिस्चार्च भएका मदनकृष्णको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उहाँलाई पुन: मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।