एजेन्सी : अफ्रिकी मुलुक मालिकी एक महिलाले एकै पटक नौं जना बच्चा जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् । उनी पश्चिम अफ्रिकी देशकी भएतापनि उनले सन्तान चाहीं उत्तर अफ्रिकामा जन्माएकी हुन् ।
मालीका स्वास्थ्य मन्त्रीका अनुसार सात जनासम्म बच्चा हुने अपेक्षा गरिएता पनि नौं जना सकुशल जन्माएकी हुन् । यसरी जीवितै नौं जना बच्चा जन्मेको पहिलो र नयाँ विश्व कीर्तिमान भएको छ ।
स्वास्थ्य मन्त्रीका अनुसार पाँच जना छोरी र चार जना छोरा भएका छन् भने सबैको स्वास्थ्य राम्रो भएको एक वक्तव्यमा जनाएका छन् । २५ वर्षीया आमा हलिमा सिसेको शल्य क्रियाबाट बच्चा निकाल्नु परेको थियो । उनको लागि गत मंगलबार मालीले विशेष हेरचाह टोली त्यहाँ पठाएको थियो ।