‘मार्धुयता’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    ‘मार्धुयता’

    विवि श्रेष्ठ

    ११ असार २०७८, शनिबार


    भावको स्वरुप नयनवाट प्रस्फुटित हुने रहेछ । त्यो भाव वुझनको लागी चेतना र आत्मिक अन्तर्यमा क्षमता हुनुपर्ने रहेछ । लाग्दछ, नयन वाट वाहिरी वातावरण मात्र नियाल्न सकिन्छ । त्यहि नयनको मार्धुयतालाई वुझन नसक्दा अन्तत जीवन निरर्थक हुनेरहेछ । आम विषय यहि रहेछ । अनुहार हेरेर व्यक्तिको अवस्था वुझन सकिन्छ भन्ने कुरामा सामिप्यता खोज्न सकिन्छ, तर त्यो अनुहार भित्रका अंगहरुमध्ये नयनको मार्धुयता प्रधान वन्ने रहेछ । भावावेश, क्रोध, खुशी, आँशु, चंचल आदित्यको भावावेश अनुहारमा देख्न सकिने भएता पनि यी सवै साधन मात्र रहेछन । वाहिरी देखापनमा देखिने नयन सारमा समान देखिएता पनि त्यसले वोल्ने अर्थमा विविधता पाउन सकिन्छ, फरक यत्ति हो कि कोहि त्यो नयनको मार्धुयतालाई नियाल्ने प्रयास गर्दछन् त कोही अर्थविहिनतामा, केवल वाहिरी आवरणमा ।

    सुन्दरता केवल वाहिरी आवरणमा खोज्नेहरुले मार्धुयताको महत्व वुझने हिम्मत गर्देनन । अधिकत्वमा सोचमा एकरुपता भएता पनि त्यसको वुझाईमा विविधताहरुको संख्या न्युन रहेको हुन्छ । देखिने जीवन र भोगिने जीवनमा ह्दयको दुरदृष्टिवाट हेर्ने दृष्टिकोणले यथार्थवोधको समिप पुगेको हुन्छ । सम्वन्ध अजर र अमरका वीचमा मार्धुयताको विशिष्ट योगदान रहेको हुन्छ । यसैको सामिप्यतामा जीवन खोज्नेहरु नै यसका प्रतिक हुन् । जुन कमैमा मात्र नियाल्न सकिन्छ । वोधको तत्वज्ञान हुनु समान्य होईन, तरलतामा वग्नेहरुले गहिराईको मापन गर्ने हिम्मत गर्देनन, यो सवै मिथ्या लाग्दछ । एकान्ततामा नै जीवन खोज्नेहरुले यसको रहस्य वोधमा आंशिकता प्राप्त गर्दछन् । पल पलमा हुने तत्ववोधले वाहिरी जीवनमा धर्मराएता पनि यथार्थतामा त्यो सत्यको नजिक रहेको हुन्छ । ईतिहासलाई नजिक वाट नियाल्ने हो भने नयन भित्रको मार्धुयतामा जीवन अर्पण गर्नेहरुले नै विशिष्टता हासिल गरेको पाईन्छ । भौतिक दुखलाई विश्वासको सम्वन्धले छाँयामा पारेको हुन्छ । विश्वास शव्द आम व्यक्तिको लागी समान्य भएता पनि यसको विशिष्टता विशाल रहेको हुन्छ । यहि विश्वासका कडीमा जीवन अर्पण गर्नेहरुको नयनमा देख्न सकिनेछ, जीवनको मार्धुयता । उसको सोचमा देख्न सकिनेछ, अनुपमता । त्यहि विश्वासको जंजीरमा वाधिनेहरुले नै वनाएको हो जीवनको मार्धुयता । यसैको वरिपरि नै जीवन घुमिरहेको हुन्छ ।

    मस्तिष्क र ह्दयको समागमबाट कम्पित विचार नजर वाट प्रस्फुटित हुन्छ । लाग्दछ, यो सवै समान हुन् । तर यस भित्रको विविधता वुझन समान्य चेतना र मस्तिष्कवाट संम्भव छैन । यदि हुँदो हो त यो समाज यति धेरै स्वार्थी र निर्मम हुने थिएन । ईतिहास र भविश्यलाई वुझने कोशिश गर्न नसक्नेहरु घमण्डको भकुण्डोमा डुवुल्की मारेका हुन्छन् । लाग्दछ म नै सर्वेसर्वा र शक्तिशाली हुँ, त्यहि दम्भ भित्रको सुचकहरु आजको सन्र्दभमा पाईला पाईलामा भेटिनेछन् । हराएका सपनाहरुलाई खोज्ने दुस्साहस सपनामा सहज भएता पनि यथार्थतामा धेरै कठिन हुन्छ भन्नेहरुले समाज नै धुमिल वनाई रहेका छन् । त्यहि धुमिल समाजका अंग वनेर हामी सृष्टिका निरन्तरताका सारथी वनिरहेका छौ । परिवर्तन आफैमा साध्य हो, यो नै सत्य हो, यद्यापी यति धेरै सत्यपनि स्वीकार्न नसक्नेहरु गाम्र्यियताका पर्याय हुन सक्दैनन् । भौतिकतामा नै जीवन खोज्नेहरु जीवनका उत्तरार्धमा भोगिएका कठिनाई भोग्नुको विकल्प हुन सक्दैनन् । जसलाई आत्मासात निश्चित समयमा गर्न सक्दैनन । यहि नै मानव जातिको सवैभन्दा ठुलो कमजोरी हो । यहि कमजोरीलाई ढाक्न प्रयत्न गर्दा गर्दे नेटो काटेको पत्तो नै हुदैन ।

    पिढीकाे डिलमा चल्मलाउदै जीवन मुक्तिका प्रार्थना गर्नेहरु सोच्दा होलान्, आज आफनै आँगन पनि विरानो भयो । आफैमा समेत विश्वास हराउदाँ, सन्तान पाउँदा संसार नै जित्नेहरुले त्यो ताते वोलेको वालक देखेर सोच्ने चेतनामा के विजारोपण भयो होला ? जव सोचको विविधतालाई आत्मासात गर्न सकिदैन, त्यसले दिने परिणाम भनेको अन्तत ह्दयगमिं नै हुनेछ । पोलको ह्दयमा मल्हम लगाउने अस्त्र त्यो वेलामा भौतिक सम्पति कदापी वन्न सक्दैन । साधन भित्रको एउटा अंश प्राप्तीका लागी गरिने हत्कण्डा अन्तत नतमस्तक विष शिवाय अन्य हुन सक्दैन । त्यहि अनदेखी विषको प्राप्तिमा दिनरात दौडिनेहरुको भीडमा अलग राख्न नसक्नु नै सवैभन्दा ठुलो कमजोरी रहेछ । त्यहि कमजोरीको अस्त्रलाई नै हामी जीवनका मुल अस्त्र सम्झेर भौतारिरहेका छौ ।

    गला लोदिएर आँखाको परेलाले त्यो कमजोर नयनलाई ढाक्न प्रयत्न गरिरहेका छन् । तर त्यो छोपिएको नयनको मार्धुयतामा सम्पुर्ण जीवन खोज्ने दुस्साहस कमैले गर्लान् । भौतिकतामा नयन ले दृष्टिगोचर गरेता पनि नयनको त्यो भावले जीवन भित्रको जीवन खोज्ने चेष्टा गरेको कमैले मात्र भेउ पाँउछन् । ह्दयको चाहना मस्तिष्कवाट निर्देशित भएर अनुहारवाट प्रकट भएता पनि त्यसको मुख्य केन्द्र भने नयनको त्यो मार्धुयता नै रहेको हुन्छ, यो आफैमा वालक, वयस्क भएता पनि यसको भाव भनेको त्यसैमा केन्द्रित रहेको हुन्छ । जसलाई कमैले मात्र वुझदछन् ।

    लाग्दछ, ह्दयको त्यो विशालताले मार्धुयताको महत्ववोध गरोस, त्यो शव्द र व्यवहारवाट उजागर होस, तर त्यहि शव्द र व्यवहार समेत आफन्तवाटै टाढा भएपछि अन्तसंस्करण रुनुको विकल्प छैन । जुन नयनमार्फत आशुँका माध्यामवाट धर्तिमा विलिन हुन्छ, आशुँ आफैमा तरल पदार्थ मात्र होईन, यथार्थताको सुचक हुन्, जुन मार्धुयता हो, नयनको मार्धुयता, जीवनको मार्धुयता । जसलाई आम व्यक्तिले पढ्ने ल्याकत राख्दैनन् । स्वचालित शरिरका अंगले जसरी जुनसुकै समयमा पनि कर्मशिल भईरहदाँ त्यसैका पयार्य हामी कति रह्यौ ? त्यो सायद चेतना र ह्दयको गर्भमा नै