सेमिफाइनलमा नेपाली बलर चम्किएपछि मलेसिया ९० रनमा अलआउट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सेमिफाइनलमा नेपाली बलर चम्किएपछि मलेसिया ९० रनमा अलआउट

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८२, बिहीबार

    काठमाडौ, १९ असार । एसीसी यू-१६ इस्ट कप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि मलेसिया ९० रनमा अलआउट भएको छ ।

    क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । फाइनल पुग्न अब नेपालले ९१ रन बनाउनुपर्नेछ ।

    मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १-१ विकेट लिए ।