भानु : भानु नगरपालिका–१० याङसिङमा पहिरोले एक घर पुरिएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण उक्त ठाउँका प्रेमबहादुर भुजेलको घर पुरिएको हो ।
घरमाथिबाट आएको पहिरोले घर र गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोबाट घरमा रहेका लत्ताकपडा, अन्नपात सबै नष्ट भएको छ भने गोठमा रहेको एकहल गोरु र गाई पुरिएको छ । पहिरोबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।
फाइल फाेटाे