कर्मचारीको निधनमा ऋषिङ गाउँपालिका बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    कर्मचारीको निधनमा ऋषिङ गाउँपालिका बन्द

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७८, शनिबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ । ऋषिङ गाउँपालिका–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आइतबार सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घरमाथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो । उहाँको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।