सरकारी जागिर शुरु भएपछि मेरो मनका धेरै भ्रमहरु हट्न थालेपनि केही अवशेष रहिरहेका थिए ।कतिपय भ्रमहरु त अझपनि बाँकी नै छन् । भ्रममा बांच्दा हुने आनन्दले नै कतिपय यथार्थता जान्ने प्रयासै नगरिदोरैछ क्यारे। सरकारी जागिर खान लोकसेवा नदिदासम्म मरिञ्जेल पढ्ने, पास गरिसकेपछि काममा ध्यान नदिने भएकै कारण नेपालको कर्मचारी तन्त्र असफल भएको भन्ने आरोप पनि धेरैले लगाउछन्।यस्ता आरोपहरु पतिपय अवस्थामा वास्तविकताको नजिक पनि रहेका छन् ।
शुरु शुरुमा कार्यालयमा हुने अन्यौलताका विच नै कार्यक्षेत्र तोकियो । काम कसरी गर्ने ? कार्यालयको जिम्मेवारी, सेवाकेन्द्रको कार्यादेश र हैसियतबारे अर्धजानकारीको भरमा तोकिएको स्थानमा पुगी केही काम सिकियो अनि आर्थिक वर्ष सकियो पनि । जिल्ला पशुसेवा कार्यालयको सवालमा साउन देखी जिल्ला परिषद नहुनेबेलासम्म दैनिक सेवा प्रवाह बाहेकका कार्यक्रमहरुको सवालमा भ्याकुम हुदो रहेछ । बेलैमा जिल्ला परिषद नभए त दशैसम्म तलब नै कसरी खाने भन्ने पिर पनि संगसंगै थपिने। पुराना सरहरुले भन्दा लाग्थ्यो “यस्तो पनि हुन्छ होला र” ! तर हुदो रैछ ।
“भेटेरिनरीको जागिर पशुपन्छीको गोबर परिक्षण गर्नु, औषधि गर्नु, ठाउँ-ठाँउमा गएर शिविर हरु सञ्चालन गर्ने, कृषकको घरमा उपचार जाने र यसो गर्दा कृषकहरुले दिएको पैसाको कारण अतिरिक्त कमाई हुने त्यसले दैनिक खर्च चलाउने देखि आर्थिक उपार्जन गर्ने” । मेरो सोझो विश्लेषण
तर पशु विरामी भए पहिला खुकुरी उद्याउने प्रचलन भएको स्थानमा कसले उपचारको टण्टो गरिरहोस ?
अनि त्यस्तो ठाँउमा कसेर मैले नि के मुर्खता गर्नु । साउन लागेपछी हिडे घरतिर ।“लोकसेवा पास गरेर सरकारी जागिर खाएको छु” भनेर फूर्ति पनि त लगाउनु थियो गाउँलेलाई ।
गाउलेलाई म छु भन्ने जानकारी दिन र केही बिरामी पशुहरु फेला पार्न सकिन्छ कि भन्ने आशले घर नजिकैको कृषि र पशुसेवा केन्द्र भएको ठाउँतिर लागे । केही पुराना केही नयाँ साथीहरु भेटे । कृषिमा नयाँ सर आएका रहेछन् चितवन तिरका भित्र पसे परिचय गरे
“म पनि तपाई जस्तै कर्मचारी । म्याग्दीमा काम गर्छु” ।
भर्खरको हुनुहुन्छ कति भयो तपाईको जागिर ? सरको प्रश्न
-२ महिना
-बिदा पाईएछ त
-हजुर के बिदा भन्नु के नभन्नु असार मसान्तमा कार्यक्रम सकियो अनि सेवाकेन्द्रतिर नगएर यता आएको १०/१५ दिनपछि जानुपर्ला ।
सायद भर्खर जागिर शुरु गरेको मान्छेबाट यस्तो उत्तर आउला भन्ने पक्कै थिएन, मेरो अनपेक्षित र जागिर प्रतिको उपेक्षापूर्ण उत्तर सुनेर उहाँ झण्डै तर्सिनुभो ।
हुन त नियुक्ति भएर ताकम पुग्दा अनि मराङ मल्कवाङ हुदै कुहिनेसम्म पुग्दा जागिरप्रतिको आकर्षणको ग्राफ स्वाट्टै ओर्लिएको थियो र बढेको थियो राजिनामा लेख्ने आँट ।बेनी झरेपछि आँफै निर्णय परिवर्तन गर्दै लेखिसकेको राजिनामा पनि च्यातेपछि नै आएको थिए घरमा ।
उहाँको ठाउँमा म भएको भए कस्तो गोरु रैछ भनेर म बोल्नै छाड्दिन्थे होला तर उहाँले मेरो मनोदशालाई राम्ररी बुझ्नुभएछ । केही वर्ष प्राइभेट जागिर खाएको अर्काले अह्राएको काम गर्ने बानी परेकोले र स्थानीय स्तरमा यो क्षेत्रको महत्व नबुझाईएकाले नै तपाईँमा यो समस्या आएको हो ।
सरकारी जागिरमा कसैले काम यो गर ऊ गर भन्दैनन् ।
सरकारी ऐनकानून नीति नियम कार्यविधि कार्यादेश अनुसार आफै गर्नुपर्छ ।सिनियरले सिकाउन नि सक्छन् नसिकाउन नि सक्छन् ।मुल्याङ्कन त वार्षिक रुपमा कार्य सम्पादन मुल्याङ्कन भरिन्छ नि ।त्यही मार्फत हुन्छ ।तर त्यो पनि नाम मात्रैको । तपाईहामी जस्तो कृषकको प्रतक्ष्य जनजिविकासंग जोडिएको जागिरको मुल्याङ्कन सर्वसाधारणको सन्तुष्टीले गर्छ ।
“जागिरको लागि तपाई आलो माटो हो अनि कुमाले पनि आफैँ जस्तो आकार दिन खोज्नुन्छ तपाई त्यस्तै हुनुहुन्छ” । सरका कुरा सुन्दासुन्दै आत्मग्लानिले पोल्न थाल्यो । यस्तो पनि हुदो रैछ। जिन्दगीमा कसैले मलाई मुटुमा पुग्ने गरी प्रहार गरेको हो त यहिँ पहिलो थियो । मैले गल्ती मात्रे हैन अपराधै गरेको जस्तो लाग्यो । म सरसंग आँखा जुधाउन पनि सकिन ।कसैसंग केहि नभनी घर फर्के । उतिखेरै घर आएर म्याग्दी जाने तरखर गरे । तयारी के नै गर्नु थियो र ? एकजोर कपडा पोको पार्ने हिड्ने ।बुवा बाख्रा चराउन जानुभएको थियो सायद आमा खेतबाट आउनुभएको थियो २/४ दिन बस्नेगरि आएको छोरो एक्कासी जाने तरखर गर्दा आत्तिनु भयो ।तर आत्तिनुपर्ने केही थिएन । म अब बल्ल जागिर खान जान्छु भनेर हिडिहाले ।
दुलेगौंडा पुग्दा बल्ल होस आयो आज त सुक्रबार पो हो । म पोखरा तिर हैन काठमाडौं जान्छु भन्ने लाग्यो ।सरका केहि बचनले आफ्नो मन फेरिएसंगै काठमाडौंमा छुटेका पिलपिलाउदा आँखामा आफ्नो नयाँ तस्बिर हेर्नको लागि पनि उतैतिर फर्कियो मन । भोलि शनिवार जो छ नाईट चढेर पर्सी त बिहानै पुगिन्छ बेनी।
काठमाडौंबाट फर्किदा नाईटबसमा धेरै सोचे के गरौ के ? अब अफिसमा जान्छु। अनि जे पर्ला पर्ला । कामै नभए पनि ताकममै गएर बस्छु भन्ने अठोट गरे आफैसंग।
मैले देखेको भेटेरिनरी सेवाकेन्द्रमा बस्ने कर्मचारीको जागिर ११ बजे आउने २ बजे हिड्ने बाटोघाटो कोही कृषक या कसैकोमा जाने गफ लगाउने आदि थियो । म्याग्दीमा मलाई जानुपर्ने ठाउँ कहाँ थियो र ? अठोट के का लागि भन्ने नै पो हुन गयो ।
जिल्ला पशुसेवा कार्यालय म्याग्दीको वार्षिक कार्यक्रम सकिए पनि रोड साइडमा छर्ने केही घाँसका विउहरु रहेछन् । हिड्दै जादा नयाँ बाटो खनेको ठाउँमा छर्ने उद्देश्यले १ केजी स्टाईलो र १ केजी मोलासेसको बिउ लिएर लागे म्याग्दीको किनारैकिनार । असार लागेपछि म्याग्दीमा गाडी चढ्नु भनेको समय र पैसा दुवै अनावश्यक खर्च गर्नु हो भन्ने बुझ्न कठिन थिएन मलाई । बाटोमा नयाँ माटो (जुन भर्खर डोजरले खनेको हुन्छ) मुट्ठ्याउदै घाँस छर्दै हिडिरहे दरवाङसम्म डोजरले खनेको बाटोपनि सकियो ।विउ पनि सकियो ।ताकमतिर लागे अब वास्तवमै काम गर्ने गरी ।
तर अरु काम उल्लेखनीय नभएपनि मेरो औपचारिक पढाई भने रफ्तारले सकियो म्याग्दीको बसाईंमा ।
यसरी पहिलो वर्षामा छरेको घाँस हुर्किएर बाटोको दायाँबायाँ हरियाली बनाएको देख्दा हिउदका दिनहरुमा गाडीको झ्यालबाट धुलो संगसंगै मोलासेस घाँसको वास्ना पनि भित्र पस्थ्यो ।यो मिठासयुक्त गन्धले अरु काम गर्न पनि उत्प्रेरित गर्थ्यो ।तर घाँसको खेती गरिन्छ। घाँस मिलाएर खुवाएमा पशुहरु स्वस्थ र निरोगी हुन्छन् उत्पादन बढ्नुको साथै उत्पादन लागत कम हुन्छ जसले पशुपालन व्यवसायमा फाइदा पुग्छ भनेर बुझिदिने को ? हाम्रा कुरा सुनिदिने को ?
काममा निरन्तर लागिरहेपछि अवश्य सफलता हासिल गर्न सकिन्छ ।आम कृषकको मनोदशा परिवर्तान हामीले नै त हो गर्ने, नत्र को आएर गरिदिन्छ त ? त्यसैले पछिल्लो वर्षायाममा फेरी अघिल्लो यहिँ प्रक्रिया दोहोर्याउन कसैले अह्राउन परेन ।अब त अधिकाँश गाउँलेहरुले पनि भेटेरिनरीको मुक्ति सर भनेर चिन्न थालेका थिए । मैले पनि टाठाबाठा अगुवाहरुलाई चिन्ने भइसकेको थिए । निमुखा र लाटासोझालाई कसले पो चिनोस् ! चिनेर पनि फाइदा पो के नै थियो र ?
असारको पहिलो वर्षा, मनसुनको पहिलो झंकारपश्चात नै वहुवर्षे घाँसको रोप्ने बेला हुन्छ ।मैले पनि कार्यालय सहयोगीको साथ लिएर फेरी डोजर हिडेको बाटोमा घाँस छर्दै हिडे ।एउटा चियापसलमा स्वघोषित टाठाबाठा चिया पिउदै थिए । बाटोमा मलाई देखेपछि बोलाए ।
-सर कता ?
-यसै बाटोको घाँस हेर्दै हिडेको ।
-सर यता आउनुस् त ।तपाईंसैग एक कुरा गर्नु छ ।
-के हो त्यस्तो कुरा ? भन्नुस न त ।
-तपाई गाईडिंगा नहेरेर के घाँस हेर्छु भन्नुभएको ? कि नयाँ घाँस देखेर हो?
-कस्तो नयाँ घाँस ? मैले उत्सुकता दर्शांए
-त्यो डोजरले तयाँ घाँस ल्याम्दो रच । बाटै खुदो जस्तो बसाम्नी अनि मज्जादे खानी । फेरी अर्को पनि नयाँनयाँ लहरा जस्तो घाँस छ नि ! त्यो खुवाएपछि त भैसीले टन्नै दुध बढाउदोरैच । के घाँस हुन त्यस्ता ? विकासे नि हैनन् तर डोजरले खनेकै ठाममा उम्रिन्चन् ।
-मैले छरेको
-कहाँ हुन्छ त्यस्तो सरले नि छर्चन र ! नचाहिने कुरो । अर्काले थपे
मेरो कुरो नपत्याएपछि संगै लगेको विउ देखाएपछि सबै ट्वाल्ल परे ।
अब भने मेरो पालो आएजस्तो छ भन्ने लाग्यो । ति घाँसको विउ मैले नै ल्याएर छरेको तपाईहरुले घरमा लगेर खोल्साखाल्सी पखेर भिर कान्लामा यी घाँस लगाउन सक्नुहुन्छ । दुधालु र पोषिला पनि छन् यि घाँस लगेर विचार गर्नुस् उस्तो धेरै मेहनेत गर्न पर्दैन ।सबैले एक एक मुठी विउ लगेर छरे ।आफैलाई परिवर्तन भएजस्तो भयो ।
उक्त दिनपछि म प्रति कृषकहरुको विश्वास अझ बढेजस्तो लाग्यो जसले काम गर्ने ऊर्जा थपिरह्यो जुन आजसम्म पनि रहिरहेको छ । छ वर्ष बसेर त्यसठाउँबाट सरुवा हुनेबेलामा घाँस फूल्ने समय परेको थियो फर्कदा पनि मोलासेस घाँसको वास्ना लिएरै फर्किए त्यो नयाँबाटो घाँसको सुगन्धले कृषकहरुको मनस्थिति थोरै भए पनि फेरिएको थियो ।मेरो लागि त झन नयाँ बाटो सुगन्धमय नै बनिरह्यो ।