‘निष्पक्ष न्याय सम्पादन हुनुपर्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ‘निष्पक्ष न्याय सम्पादन हुनुपर्छ’

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७८, बिहीबार

    दुलेगौँडा ।  मेलमिलापकर्ताले न्याय सम्पादन गर्दा निष्पक्ष र विभेदरहित तरिकाले गर्नुपर्नेमा जोड दिइएको छ । यहाँ बुधबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताले मेलमिलापकर्ताले दुवै पक्षलाई जितको महशुस हुनेगरी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिइएको हो ।

    शुक्लागण्डकी नगरपालिकाले मेलमिलापकर्ताका लागि आयोजना गरेको ४८ घण्टे आधारभुत तालिमको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश वक्ताले कसैलाई पनि अन्याय नहुने गरी न्यायिक कार्य सम्पादन गर्न नहुने बताए ।

    शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले वडाको विवाद वडाबाटै निरुपण गर्नलाई मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्न नगरपालिकाले जोड दिएको बताईन् । ‘तालिममा सिकेको सिपलाई व्यवाहारमा उतार्न सकेमा मात्र कार्यक्षेत्रमा अब्बल बन्न सकिन्छ’, उनले भनिन् । मेलमिलापकर्ताले वडामै निरुपण गर्न नसकेको विवाद मात्रै न्यायिक समितिले सुल्झाउने गरेको उनको भनाई छ । न्यायिक समितिले शुक्लागण्डकीमा उच्च अदालत र सर्वोच्च अदालतले फैसला गरी कार्यन्वयन गर्न नसकेका मुद्वाको छिनोफानो गर्दै कार्यन्वयन गर्न सफल भएको बताईन् ।

    प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले मेलमिलापकर्ताको क्षमता अभिवृद्धी गरेर न्यायिक सेवा प्रवाह सुधार्नलाई तालिम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । मेलमिलापकर्ताको क्षमतालाई तिखारेर जनताले अनुभुति गर्नेगरी सेवा दिने नगरपालिकाको उदेश्य रहेको बताए । ‘मेलमिलापकर्ताले निष्पक्षता र इमान्दारिता नदेखाए सेवाग्राही सन्तृष्ट हुदैनन् । तालिम लिएपछि विभेदरहित न्याय सम्पदान गर्नुहोला । जसले गर्दा न्यायिक सेवाको प्रभावकारिता बढ्नेछ ।’  


    शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादृर पौडेलले पछिल्लो समय अदालत दिने न्याय मंहगो भएको बताए । उनले आगडी भने, ‘अदालतले दिने न्याय मंहगो भएको छ । आदलतले निष्पक्ष न्याय दिन्छ भन्न सकिदैन् । पैसावालाको पक्षमा न्यान सम्पादन गरेको पाईन्छ । पिडितले न्यायबाट वञ्चित हुन नपरोस् भनेर न्यायिक समितिले काम गर्नुपर्छ ।’


    नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्ति तिम्लिसेनाले न्यायिक सेवामा सहज पहुँच पु¥याउन मेलमिलापकर्ताले टतस्थ भुमिका निर्वाह गर्नुपर्ने बताए । नेपाली कांग्रेस शुक्लागण्डकी नगर सभापति गोपिबहादुर गुरुङले निष्पक्ष न्यायमा जोड दिए ।

    नेकपा  एकिकृत समाजवादी पार्टीका शुक्लागण्डकी नगर कमिटी सचिव कमल ढकालले मेलमिलापकर्ता र न्यायिक समितिले मुद्धा मामिलामा जान नदिई वादी प्रतिवादी दुवैलाई मिलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

    जनता समाजवादी पार्टीका नगर अध्यक्ष देउनारायण श्रेष्ठले न्यायिक समिति र मेलमिलापकर्ताले दुई पक्षलाई आफ्नो पराई नभनिकन निष्पक्ष न्याय दिनुपर्ने बताए ।

    शुक्लागण्डकी न्यायिक समितिका सदस्य पदमराज तिम्लिसिनाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष जयबहादुर थापा, राप्रापाका नगर अध्यक्ष याम बराल, शुक्लागण्डकी मेलमिलाप समितिका नगर सचिवालय सदस्य घनश्याम भट्टराई, शुक्लागण्डकी नगरपालिकाका प्रशासन शाखाका प्रमुख लक्ष्मण लम्साल लगायतले बोलेका थिए ।

    होटल मिड टाउन दुलेगौँडामा सुरु आवासीय तालिम २९ मंसिरसम्म चल्नेछ । शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिको आयोजना र शुक्लागण्डकी मेलमिलाप समितिको प्राविधिक सहयोगमा तालिम भएको हो  । तालिममा वडा नम्बर १ देखी ७ सम्मका ३५ जना सहभागि भएका छन् ।

    दोस्रो चरणमा वडा नम्बर ८ देखी १२ सम्मका मेलमिलापकर्तालाई आधारभुत तालिम दिईनेछ । दोस्रो चरणमा पाँच वडाको ३० जना मेलमिलापकर्ता सहभागि हुने न्यायिक समितिले जानकारी दिएको छ ।