स्थानीय निर्वाचन र अबकाे कार्यभार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    स्थानीय निर्वाचन र अबकाे कार्यभार

    विवि श्रेष्ठ

    १० फाल्गुन २०७८, बुधबार

    मुलुक संघीयतामा गईसकेपछि भएको स्थानिय तहको पहिलो निर्वाचनले नेपालको विकास निर्माण र त्यसले पार्ने प्रभाव र असरको वारेमा चर्चा परिचर्चा शुरु भएको छ । जुन आवश्यक र अपरिहार्यता पनि हो । आम जनतामा यो सोचको विकास हुनु भनेको सकारात्मक पक्ष पनि हो । नेपालको सन्र्दभमा जनता कम र कार्यकर्ता वढि भएको सन्र्दभमा स्थानिय तहमा हुने निर्वाचनमा वहस हुनुले आम जनतामा चेतनाको क्रमिक विकास भएको मान्न सकिन्छ । यो सुखद पक्ष हो । राजनीति आफैमा सवैको मुल निति भएता पनि अहिलेसम्मको हामीले गरेको राजनितीको व्याख्या, विश्लेषण र यसको समिक्षा हुनु पहिलो आवश्यकता हो । हरेक क्षेत्रमा राजनितीका नाममा गरिएका कर्म के साँच्चैका समाज परिवर्तनका लागी थिए, कि व्यक्तिगत स्वार्थका लागी ? आम नेपाली नागरिक हुनुका नाताले गरिएका कर्म के समाजका लागी थिए, कि व्यक्तिगत अभिष्टका लागी ? जिम्मेवारीताको पनि विभिन्न आयाम भएता पनि सोचको विकास भने समान रुपमा परिचालित भए कि भएनन् ? यसको लेखाजोखा अगामी स्थानिय तहको निर्वाचनमा देखिनु पर्दछ । राजनितीका नाममा हामीवाट भएका कर्महरुले दिएका नतिजा समाज र देश केन्द्रित थिए कि थिएनन् ? जिम्मेवारीता र दायित्वको नाममा संकिंर्णताका सुचकहरु कति विम्वित रहे ? अव व्यक्ति हैन, समाज र देश केन्द्रित राजनिती गर्नुको विकल्प छैन ।

    अनुकुलता र शक्ति केन्द्रित राजनिती नै नेपालको लागी दुखद पक्ष हो । शक्ति आर्जन गर्नका लागी जतापनि फर्कने र व्याख्या गर्नमा पारंगित भईरहदा त्यसले दिएको परिणाममा अव पनि हामी घोत्लिन ढिला गर्नु हुदैन । संघियताले शक्ति विकेन्द्रित भई स्थानिय तह क्रियाशिल भईरहदाँ पार्टीका नाममा अन्धभक्त भईरहदाँ त्यसले दिएको परिणाममा अव सोच्नुपर्ने वेला आएको छ । राजनिती फगत मिथ्याका लागी होईन, सकारात्मक परिणामका लागी केन्द्रित हुनुपर्दछ भन्ने सोचको विकास हुनु जरुरी वनेको छ । विकास आफैमा निरन्तरको उपज भएता पनि त्यसको क्रियाशिलताले यसको परिणाममा भुमिका खेलेको हुन्छ । राजनितीका नाममा व्यक्तिको कार्यकुशलता, योग्यता, क्षमता र ईमान्दारिताको कसीको अव मापन हुनुपर्दछ । यसले नै समाज रुपान्तरणको लागी भुमिका खेल्दछ, जुन आवश्यकता पनि हो ।

    शक्ति केन्द्रित व्यक्तिको चाहना भएता पनि त्यो समाज रुपान्तरणमा वाधक वन्नु हुदैन । रहर र आवश्यकताको अगाडी आवश्यकता प्राथमिकतामा पर्नु पर्दछ । पार्टी र गुटका नाममा सधै समाज र देश वन्धक वन्ने सोच अव आम जनताको मन मस्तिष्कवाट हट्नुपर्दछ, त्यसले मात्र समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्दछ । निश्चित अवधि र समयमा ठोस निर्णय गर्न नसक्नु तर समय व्यतित भईसकेपछि परिवर्तन र समाज रुपान्तरणका चर्को नारा ओकल्ने हाम्रो सोचमा अव हामीले परिवर्तन गर्ने पर्दछ । जस्तो सुकै अवसरमा पनि राजनैतिक रंग दिने र कसैको गुलामी गर्ने प्रवृत्ति नै हाम्रो घातक पक्ष हो । जुन हामीले वारम्वार प्रयोग गर्दे आईरहेका छौ । पुन त्यहि नियती दोह्याउने कुचेष्टा गर्नु हुदैन ।

    समाज विभिन्न समुदायमा आधारित हुन्छ । नेतृत्वकर्ता र राजनैतिककर्मी यसको अगुवा भएता पनि यसको मुख्य जड भनेको आम जनता नै हुन् । जसको जगमा टेकेर राजनैतिककर्मीहरुले आफनो अभिष्ट पुरा गरिरहेका हुन्छ । अव अहिले सम्म भएका कमी कमजोरीलाई हटाउने भनेको अवको स्थानिय तहको निर्वाचनवाट हामीले शुरु गर्नुपर्दछ । राजनैतिक दलको प्रतिनिधित्व गर्ने नेतागणहरु अव जनताकको कठघरामा उभिएर जानुपर्दछ । राजनितीको नाममा गुण्डागर्दी, टिके शैली र विकाउ वन्नु भनेको हामीले हाम्रो भविश्यमाथी मात्र हैन, देश र समाज प्रतिको नै धोका हो, भन्ने कुरामा अव हामी सचेत वन्नै पर्दछ ।

    संघियता विकास निर्माण र समाज निर्माणको अभिन्न अंग हो भन्ने कुरा पुष्टि भईसकेको छ । सधै पार्टीको नाममा मात्र लागेर आफनो विवेक वन्धक वनाउनु हुदैन । आम जनता पनि समाज रुपान्तरणका कसि हुन भन्ने कुरा अव हामीले भुल्नु हुदैन । स्थानिय तहको निर्वाचनमा पार्टीको तर्फवाट हुने उम्मेदवार योग्य, क्षमतावान र कुशल हुनुपर्दछ भन्ने कुरामा अडिग रहन सक्यो भने समाज रुपान्तरण गर्न टाढा छैन । पार्टी भित्र विद्रोह गर्न नसक्ने, व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुने, विचारको वन्धक वनाई कसैको गुलामी गर्ने हाम्रो पार्टी नै समाज रुपान्तरणका वाधक हुन् । व्यक्ति आफैमा विचार र निर्णयमा स्वतन्त्र हुनुपर्दछ । आस्था कुनै पार्टीमा हुनु समान्य भएता पनि आफनो विवेक वन्धक वनाउनुहुदैन । पार्टीमा परिवर्तनका लागी विचार राख्नु व्यक्तिको स्वतन्त्रता हो भन्ने वुझन ढिला गर्नु हुदैन । त्यसले मात्र सुन्दर समाज निर्माण गर्न सकिन्छ । समाजको आवश्यकता के हो र को व्यक्तिको नेतृत्वले मात्र समाज रुपान्तरण गर्न सकिन्छ भन्ने कुरामा अव खुल्ला छलफल हुनु जरुरी छ । सधै पार्टीको अधिनस्थका नाममा समाज नै वन्धक वनाउने सोचवाट अव हामी मुक्त हुन जरुरी छ ।

    हरेकताको पहिलो जिम्मेवारी, समाज र देश हो भन्ने सोचको विकास हुन सक्यो र त्यसको कार्यन्वयनको पाटोमा जाने हिम्मत राख्यो भने परिवर्तन असम्भव छैन । अहिलेसम्म हामी किन गरिवीको रेखामुनी छौ ? सधै किन अरुको अधिनस्थ छौ ? हामी किन स्वविवेक प्रयोग गर्न सकिरहेका छैनौ भन्ने सोचको विकास गर्न सक्यौ भने परिवर्तन सम्भव छ । वर्षभरि आफनै पौरखमा वाँच्न सक्ने हामी चुनावको सम्मुखमा नेतापरस्त र विकाउ हुने संस्कृति नै हाम्रो विचलनको आधार हो । जसले हामीलाई नै अरुको अधिनस्थ हुन उत्प्रेरित गरिरहेका छौ ।