भिमाद । भिमाद नगरपालिका–९ वडा कार्यालयको आयोजनामा भएको एक हप्ते उद्घोषण तथा माइनुट लेखन तालिम सकिएको छ । १५ फागुनदेखी भानुमतिमा सुरु भएको तालिम आइतबार सकिएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाकी उपमेयर शारदा खनालले निरन्तरको अभ्यासले हर क्षेत्रमा सफल बनाउने बताईन् । आत्माविश्वासका साथ हरेक क्षेत्रमा सकरात्मक सोचले अगाडी बढ्ने व्यक्ति सफल हुने उनको भनाई छ । ‘अब बोलेर अधिकार खोज्नुपर्ने छ । आफ्नो क्षमतालाई लुकाएर बस्न हुदैन्’, उनले भनिन् । तालिमको सिकाईलाई भित्ताको प्रमाणपत्रमा मात्र सिमित नराख्न उनको सुझाव छ । ‘सिकाईलाई रुपान्तरण गर्दै समाज बदल्न लागौँ’, उनले बताईन् ।
भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमानबहादुर थापाले सिकाईलाई जिवन र समाज बदल्न प्रयोग गर्नुपर्ने उल्लेख गरे । ‘हामी नयाँ सम्भावनाको खोजीमा पनि लागौँ । विकास सहित चेतनाको स्तर बढाउन लागेका छौँ । तपाईहरुको पनि साथ चाहिन्छ’, उनले भने ।
तालिम लिएपछि आफुमा आत्माविश्वास पलाएको तालिममा सहभागिहरुले बताए । आफ्नो परिचय भन्न नसक्ने भाटडाँडाकी अर्चना महतले तालिमले बोल्ने बानिको विकास गराएको बताईन् । ‘अहिलेसम्म कुनै कार्यक्रममा सहभागि भएको अनुभव थिएन् । तालिम लिएपछि अब बोल्न मात्र हैन् औपचारिक कार्यक्रम सञ्चालन गर्ने आत्माविश्वास पलाएको छ’, उनले भनिन् । अब आफुलाई सिपमुलक तालिमको खाँचो रहेको उनले बताईन् । हरेक क्षेत्रमा अगाडी बढ्नलाई तालिम सहयोगसिद्ध भएको बताउँदै उनले आफुले सिकेका सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाईन् ।
पाथर्दीका विनम आलेले तालिमले व्यवसायलाई पब्रद्र्धन गराउन पनि सिकाएको बताए । उनी आफूमा भएको क्षमतालाई आत्माविश्वासले उजागर गराउने उल्लेख गरे ।