काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको बैठक जारी छ । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन पौडेलले आफ्नै निवासमा संस्थापतइतरका सभापतिहरूलाई डाकेका हुन् ।
यो छलफलको आधारमा दिउँसो सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा गठबन्धनको विषयमा धारणा राख्ने तयारी छ । बैठकमा तनहुँ सभापति जितप्रकाश आले पनि सहभागी छन्।