ऋषिङ । ऋषिङ गाउँपालिका वडा नम्बर ४ को पालिङटारमा एक घर ः एक धारा सम्पन्न भएको छ । हालसम्म खानेपान सुविधा नपुगेको पालिङटारमा एक घर ः एक धारा अभियानमार्फत् खानेपानी सुविधा पु¥याइएको छ ।
रु ११ लाखको लागतमा ३३ घरमा खानेपानी सुविधा पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
पालिङटार खानेपानी योजनाको शनिबार गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा उनले स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै ठाउँमा खानेपानी सुविधा पु¥याइएको बताए ।