चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।
अघिल्लो पटकका पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली चितवन एमालेका इन्चार्ज हुन् ।
एमाले भरतपुरका एक पदाधिकारीका अनुसार सांसद कृष्णभक्त पोखरेल सुवेदीका समर्थक रहनेछन् ।
गत निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धनबाट प्रचण्डपु्त्री रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन् । मतगणना भइरहेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि पुन: मतदान भएको थियो ।