ऋषिङ । ऋषिङ गाउँपालिका–८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारा भरतकृष्ण श्रेष्ठ विजयी भएका छन् । तीन सय ९७ मत प्राप्त गरी श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले तीन सय ८० मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका दानबहादुर श्रेष्ठले तीन सय २७ मत प्राप्त गरे ।
महिला सदस्यमा नेपाली काङ्ग्रेसका विष्णुमाया थापाले चार सय ५३, दलित महिला सदस्यमा काङ्ग्रेसकै खिलमाया विकले चार सय ४९, खुल्ला सदस्यमा काङ्ग्रेसकै रामबहादुर सारुले चार सय ३१ मत प्राप्त गरी विजयी भए। अर्को खुल्ला सदस्यमा नेकपा एमालेका श्यामकुमार श्रेष्ठले चार सय ९८ मत प्राप्त गरी विजयी भए ।