माधव नेपाललाई भेटेपछि किसानले भने- मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपाललाई भेटेपछि किसानले भने- मन्त्रीबाट फिर्ता बोलाउने बजार हल्ला खारेज भइसक्यो

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७९, सोमबार

    काठमाडौं । श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एसका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए ।

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर फर्किएका श्रेष्ठले अहिले आफ्नो जिम्मेवारीमा यथावत् रहन भनेको जानकारी दिए । नेकपा एसले चार जना मन्त्री फिर्ता बोलाएर नयाँ चार जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

    मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेमा बजेट पारित नै नभई मन्त्री हटाउनु गैर संसदीय हुने भन्दै आलोचना भइरहेको थियो ।

    अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूको शैलीमाथि असन्तुष्टि जनाए पनि तत्काल मन्त्री फिर्ता नहुने जानकारी गराएका छन् ।

    मन्त्री श्रेष्ठले आफूहरू पार्टीको निर्णय मान्न जहिले पनि तयार रहेको भन्दै जिम्मेवारी पूरा गर्न पार्टीले अह्राएबमोजिम नै काम गर्ने बताए ।