


काठमाडौं । सरकार एक महिनामै सातामा दुई दिन विदा दिने निर्णयबाट पछि हटेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन विदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए। ‘असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा हट्यो’, उनले भने।
सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। मन्त्री खतिवडाका अनुसार बैठकले सेना र प्रहरीमा पदोन्नतिको केही निर्णय पनि गरेको छ ।