


दमाैली । तनहुँको भानु नगरपालिका–११ मा खोलाले बगाएर साेमबार बिहान बेपत्ता भएका वृद्ध अझै भेटिएका छैनन् । खोला तर्ने क्रममा बेपत्ता भएका सोही ठाउँ बस्ने ६० वर्षीय चन्द्रबहादुर गुरुङ साँझसम्म पनि नभेटिएका हुन् ।
आइतबार रातिदेखि परेको वर्षाका कारण ढाडखोलामा आएको बाढीले बगाउँदा गुरुङ बेपत्ता भएको प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए। “बिहानैदेखि खोजी कार्य गरिरहेका छौ, अझै फेला पार्न सकिएको छैन,” उनले भने ।