भानुको शिक्षाको अवस्था सुधार गर्न प्रतिबद्ध : नगरप्रमुख त्रिपाठी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुको शिक्षाको अवस्था सुधार गर्न प्रतिबद्ध : नगरप्रमुख त्रिपाठी

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७९, सोमबार

    भानु । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले शिक्षाको अवस्था सुधार गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । भानु नगरस्तरीय सामुदायिक विद्यालयका प्रधानाध्यापकको सोमबार आयोजित मासिक बैठकलाई सम्बोधन गर्दै त्रिपाठीले प्रअहरुको सुझाव तथा पृष्ठपोषण्का आधारमा नीति तथा कार्यक्रम तय गरिने बताए ।

    शिक्षा क्षेत्रको विकासका लागि सरकारी निकायका अतिरिक्त अन्य राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरूको स्रोत र विज्ञतालाई पनि परिचालन गर्ने आफ्नो योजना रहेको उनले बताए ।

    बैठकमा नगर शिक्षा अधिकारी ध्रवराज पौडेलले भानुको समग्र शैक्षिक अवस्था, असल अभ्यासहरू, शैक्षिक समस्या तथा विद्यालयको अपेक्षा र तत्काल सम्पादन गर्नुपर्ने विषयका बारेमा प्रस्तुतीकरण गरेका थिए । प्रअहरूले विद्यालयका समग्र शैक्षिक समस्याहरू र नगरपालिकासँग राखिएका अपेक्षाहरू प्रस्तुत गर्दैै नगरपालिकाको आगामी आवमा तय गरिने नीति तथा कार्यक्रम र बजेटमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए ।