नेपालमा बालश्रमको अवस्था र सरोकारवालाको भूमिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    नेपालमा बालश्रमको अवस्था र सरोकारवालाको भूमिका

    रमेश सुवेदी

    २८ जेष्ठ २०७९, आईतवार

    बल श्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन नेपाल सहित संसारभर मनाइदै छ । बालश्रम दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाइ रहदा नेपालमा भने यो दिवसको औचित्य के कति छ भन्ने प्रश्न आएको पाइन्छ । वालअधिकारको विषयमा हामीले प्रत्येक बर्ष राष्ट्रिय अन्तर्राष्ट्रिय दिवस मनाउदै आएका छौ । बालवालीकाको अधिकारका बिसयमा वकालत पनि भए, जसको फलस्वरूप केही महत्त्वपूर्ण उपलब्धी पनि प्राप्त भएका छन। तर यतिले मात्र वालअधिकार र उनिहरुको अवस्था पुर्ण चाहिँ पक्कै होईन ।

    बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले यो दिवस राष्ट्रिय बालश्रम दिवस मनाइ रहदा लाखौको सख्यामा बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका पाइएको छ । भने अर्को तर्फ सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा संवद्र्धनका लागि बालश्रम उन्मुलन सम्वन्धि महासन्धि १८२ लाई अनुमोदन समेत गरेको छ । तर बिश्वभरिनै यो दिवस बनाइरहदा नेपाली बालबालिकाहरु भने बालश्रमको उच्च जोखिममा रहन बाध्य भै रहेका छन । मोटरसाइकल मर्मत गर्ने वर्कसप होस वा होटल रेष्टुरेन्ट, सवारी साधन होस वा कलकारखाना जताततै बालबालिकालाई बालश्रममा लगाएको पाइन्छ । बालश्रम अर्थात निषेध र नियमित गर्ने ऐन २०५६ ले बालवालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ ।

    केन्द्रिय तथ्यांक बिभागले प्रकाशित गरेको तथ्यांक अनुसार नेपालमा अझै पनि ५ बर्स देखि १७ बर्ष उमेर समुहका ११ लाख बालबालिकाहरु ( १५.३%) श्रममा सम्लग्न रहेको तथ्यांक छ।यश मध्ये करिब २ लाखको हाराहारीमा बाल श्रमिकहरु निकृस्ट प्रकृतिको बाल श्रममा सम्लग्न रहेको पाइन्छ । बाल श्रममा बालबालिकाको सम्लग्नता सबभन्दा बढी कर्णाली प्रदेशमा (२४.६%) र सबै भन्दा कम बाग्मती प्रदेशमा (२.६%) रहेको पाइन्छ । निकृस्ट बालश्रमको सन्दर्भमा भने लुम्बिनी र प्रदेश १ मा करिब ४% बाग्मती , मधेस र गण्डकी प्रदेशमा ३% बालबालिकाहरु निकृस्ट बालश्रममा रहेको तथ्यांक छ। यसरी हेर्दा पारिबारिक उपयोग र उत्पादनका क्षेत्रमा नै सबभन्दा बढी बालश्रम सम्लग्न रहेको पाइन्छ।

    असर ( प्रभाव )
    बालबालिकाहरुलाई कुनै पनि हिसावले शारीरिक तथा मानसिक रुपमा आघात पार्ने कार्य वालहिंशा हो । वाल हिंसाले वालवालिकाको मनोभावनामा आघात पार्नुका साथै उनीहरुको बृद्धि र विकासमा समेत नकारात्मक असर पार्दछ । बालश्रम, बलात्कार, यौन दुब्र्यवहार तथा शोषण, शारीरिक दण्डसजाय, अपहरण, बालविवाह, बेचविखन, घरेलु हिंसा, अपहेलना, परित्याग, हानिकारक परम्परागत अभ्यासहरु वालहिंसाका स्वरुप हुन । यस्ता घटनाहरु हाम्रो घरपरिवार, समाजमा निरन्तर घटिरहेछन । जसको कारण ठूलो संख्यामा वालवालिकाहरु अझै हिंशाको मारमा परिरहेका छन ।

    नीतगित व्यवस्था
    १४ बर्ष मुनीका कुनै पनि बालबालिकालाई श्रममा लगाउनु भनेको कानून र बालअधिकार बिरुद्धको कार्य गर्नु हो ।चौध बर्ष पुरा नगरेका बालबालिकालाई पर्यटन, आवास मोटेल जुवाघर, केवलकार कम्प्लेक्सन, पर्वतारोहण, ट्रेकिङ पदयात्रा लगायतका जोखिमपुर्ण काममा लगाउन हुदैन । प्रयोगशाला, पशु बधशाला, शित भण्डार आदी सेवामुलक ब्यवसाय सार्वजनिक परिवहन र निमार्ण ब्यवसाय समेतमा बालबालिकालाई लगाउनु हुदैन । चुरोट बिडी बनाउने, गलैचा बुन्ने, छाला प्रशोधन गर्ने, सिमेन्ट उत्पादन, सलाई, बिष्फोटक तथा अन्य आगजन्य पदार्थहरुको उत्पादन र बिक्री वितरण, बियर मदिरा तथा अन्य पेय पदार्थहरुको उत्पादन, किटनासक औषधीको उत्पादन, लुब्रिकेटिङ तेल उत्पादन, फोहर मैला संकलन, प्लाष्टिक, सिसा, पारोसंग सम्बन्धित कार्यहरु पनि बालबालिकालाई लगाउन कानूनले नै बन्देज गरेको छ । जलश्रोत बायु, सौर्य शक्ति, कोइला, प्राकृतिक तेल वा ग्यास, बायोग्यास तथा यस्तै अन्य श्रोतबाट उर्जा पैदा गर्ने र त्यसको प्रशारण वा वितरणसंग सम्बन्धित कार्यमा बालबालिकालाई लगाउन पनि ऐनले निषेध गरेको छ । रिक्सा वा ठेलागाडा, कटिङ मेसिन जस्ता कार्यहरु, जमिनमुनि, पानीमुनी, धेरै उचाईमा चढेर गर्नु पर्ने कार्यहरु, रसायनिक पदार्थहरुसंग सम्पर्क हुने कार्यहरु र प्रचलित कानून बमोजिम तोकिएका जोखिमपुर्ण कार्यहरुमा बालबालिकालाई लगाउन बाल श्रम निषेध र नियमित गर्ने ऐन २०५६ ले निषेध गरेको छ । यस्तै बालकलाई ललाई फकाई वा झुक्याएर वा अन्य कुनै प्रलोभन वा डर, त्रास, वा दवावमा पारि अन्य कुनै तरिकाले बालबालिकाको इच्छा बिपरितन श्रमिकको रुपमा काममा लगाउन पनि उक्त ऐनले निषेध गरेको छ ।

    सजायकाे व्यवस्था
    तर कुनै प्रतिष्ठानले १४ बर्ष माथिका बालकलाई काममा लगाउनु पर्दा सम्बन्धित श्रम कार्यालय वा सो कार्यालयले तोकेको अन्य कुनै निकाय वा बालकको आमा बाबु वा संरक्षकको स्वीकृती लिएर मात्र काममा लगाउन पाईने कानूनी ब्यवस्था रहेको भए पनि घर, कलकारकाना, मोटरसाइकल ग्यारेज, होटल रेष्टुरामा यस बिपरित बालश्रमिक राख्ने भै राखेको छ । कसैले उपरोक्त कानूनी ब्यवस्थाको बिपरित बालबालिकालाई काममा लगाएमा निजलाई तिन महिनासम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने ब्यवस्था बालश्रम निषेध बिरुद्धको ऐनले गरेको छ । यस्तै बालकलाई जोखिमपूर्ण व्यवसाय वा काममा लगाएमा वा बालकको इच्छा बिरुद्धमा कसैले काममा लगाएमा एक बर्ष सम्म कैद वा पचास हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी ब्यवस्था भए पनि त्यसको उचित कार्यान्वयन हुन सकेको छैन ।

    यसै गरि बालकलाई बेलुका ६ बजे पछि बिहान ६ बजेसम्मको अवधीमा काममा लगाउन नहुने, लगातार तिन घण्टा काम गरे पछि आधा घण्टा आराम गर्न दिनु पर्ने, श्रमिकको रुपमा काम गर्ने बालकलाई लिङ्ग, वर्ण, धर्म वा जात जातीको आधारमा कुनै भेदभाव नगरि समान कामको लागि समान पारिश्रमिक र सुविधा दिनु पर्ने ब्यवस्था ऐनले गरे पनि ब्यवहारमा सो अनुरुप भएको पाइदैन । बाल अधिकार सम्बन्धि महासन्धिले १८ बर्ष मुनीकालाई बालबालिका मानेको सन्दर्भमा नेपालमा १६ बर्ष मुनीका बालबालिकालाई निश्चित मापदण्ड पुरा गरेर काममा लगाउन छुट दिदा उनीहरुलाई बिभिन्न बहानामा शोषण र हिंसाको शिकार भएको छ । बालश्रम बिरुद्धको विश्व दिवस मनाउने सन्दर्भमा यस्ता कुराहरुको परिमार्जन र सुधारका लागि पहल हुन जरुरी छ ।

    उपलब्धि
    सन १९९६ मा २६ लाख ,सन २००८ मा १६ लाख र सन २०२१ मा ११ लाख बालबालिका अझैसम्म श्रममा छ्न।स्थानीय ,प्रदेश , र संघीय तहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि कानुनी नितिगत मानव श्रोत र कोषको ब्यबस्था बाल कल्याण अधिकारी ,बाल हेल्प लाइन ,बालबालिका खोजतलास सेवा ( १०४), अस्थायी संरक्षण केन्द्र तथा पुनर्स्थापबना सेवा ,सडक बालबालिका उद्दार तथा संरक्षण २ हजार बढी बालबालिका संरक्षण ब्यबस्थापन भएको छ ।


    नागरिक समाजको भुमिका
    बालश्रमको अन्त गरि बालअधिकारको संरक्षण गर्ने उद्दश्यले बालश्रम बिरुद्धको दिवस मनाउने गरिएको छ । प्रत्यक बर्ष औपचारिक कार्यक्रम गरि दिवस मनाउदैमा बालश्रम निर्मुल भै हाल्छ भन्ने पनि होइन । तर दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमहरुमा घटनाको उजागर गर्ने, बालश्रमको स्थितिको बिश्लेषण गर्ने, बालश्रम रोकथामका चुनौती र उपायहरु पत्ता लगाई बालश्रम रोकथामका भावी रणनीति तयार पार्न सहयोग गर्ने । दिवसकै अवसरमा सरोकारवाला निकायले बालश्रमको बिरुद्धमा ब्यापक मात्रामा प्रचार प्रसार गर्ने, जनचेतना फैलाउने, आफ्नो क्षेत्रमा बालश्रम हुन नदिनका लागी जिम्मेवारी र जवाफदेहीपूर्ण तरिकाले कार्य गर्न जरुरी छ ।

    सुझाव
    सार्बजनिक शिक्षाको सुधार ,टिकाउ दर तथा प्राबिधिक शिक्षाको बिस्तार ,बालश्रम निशेध र नियमित गर्ने एन को संसोधन,श्रम कार्यलय , बाल हेल्प लाइन, खोजतलास सेवा ,बाल कल्याण अधिकारीको नियुक्ति र क्षमता बिकास र परिचालन गर्ने। बाल संरक्षणमा सरकारी लगानी वृद्धि गर्ने। नागरिक संस्थाहरु संग सहकार्यमा वृद्धि । अन्तमा, बालश्रम बालविकासमा असर पार्ने शोषणजन्य कार्य हो । वालश्रमले वालवालिकाको बृद्धि र विकासमा गंभिर असर पार्ने गर्दछ । यसको अन्तका लागी सरोकारवालाहरुले गम्भिर भएर सोच्नु जरुरी छ ।
    जय बालबालिका !