दुबईका राजकुमारले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुबईका राजकुमारले दुर्गा प्रसाईलाई दिए सुनको लौरो उपहार

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७९, शनिबार

    काठमाडाै । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आएका छन् ।

    शनिवार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार ल्याइदिएका छन् ।

    उक्त सुनको लौरो कति मूल्यको भन्ने अहिले खुलेको छैन । दुबईका राजकुमारलाई स्वागत गर्न प्रसाईसहितको टोली विमानस्थल पुगेको थियो ।

    उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । दुबईका राजकुमारले नेपालमा रहदा काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।