आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आरजु राणा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा

    खबरपुञ्ज संवाददाता

    ७ असार २०७९, बुधबार

    कुश्मा । प्रधानमन्त्री सेर बहादुर देउवा पत्नी आरजु राणा देउवा बाग्लुङ बलेवामा रहेको  द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काइ क्याफेमा बसेर चियापान गरेकी छन् ।

    कालीगण्डकी नदि खोँचमा नदि देखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा देउवाले नेपाली काङ्ग्रेसका नेता अर्जुन जोशी लगायत कार्यकर्तासँगै  बसेर आनन्द लिएकी हुन् ।

    पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

    पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।