को हुन् जापानी प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    को हुन् जापानी प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति ?

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७९, शुक्रबार

    एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो ।

    प्रहरीले ४१ वर्षका संदिग्ध हमलाकर्तालाई पक्राउ गरिसकेको छ । उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।

    संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामागामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ ।

    शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको बताइएको छ ।