राष्ट्रपतिको घर कब्जा गरेर, स्विमिङ पुलमा थकाई मार्दै श्रीलंकाका प्रदर्शनकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    राष्ट्रपतिको घर कब्जा गरेर, स्विमिङ पुलमा थकाई मार्दै श्रीलंकाका प्रदर्शनकारी

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, शनिबार

    एजेन्सी । मुलुकलाई आर्थिक संकटमा पुर्‍याएर परिवार पोसेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले हाल राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा प्रवेश गरेका छन् ।

    हालसम्मकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन गर्न हजारौँको संख्यामा जम्मा भएका प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न श्रीलंका प्रहरीले अश्रुग्याँस प्रहार गरेको केही समयपछि नै उनीहरूले राष्ट्रपति निवासमा छिर्ने प्रयास गरेका थिए ।

    उक्त घटना पश्चात् श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आन्दोलनकारीलाई छलेर भागेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए अनुसार हाल उनलाई कुनै सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ उक्त ठाउँको जानकारी भने खुलाइएको छैन ।

    दिनभरको तनावग्रस्त आन्दोलन पश्चात् थकित भएका प्रदर्शनकारीहरू हाल राष्ट्रपति निवासमै अवस्थित स्विमिङ पुलमा थकाइ मार्दै गरेको तस्बिरहरू हाल सार्वजनिक भएका छन् ।

    यता श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यु आदेश नै जारी गर्नु परेको अवस्था छ ।