नेपाली सेनाका सहायकरथी थापा उपरथीमा बढुवा सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली सेनाका सहायकरथी थापा उपरथीमा बढुवा सिफारिस

    खबरपुञ्ज संवाददाता

    २५ असार २०७९, शनिबार

    काठमाडाै । नेपाली सेनाका सहायकरथी सागरबहादुर थापा उपरथीमा बढुवा भएका छन् । सैनिक गूप्तचर महानिर्देशनालयका उपप्रमुख सहायकरथी सागरबहादुर थापा उपरथीमा बढुवा सिफारिस भएका हुन् ।

    थापा २६ बेसिकका सैनिक अधिकारी हुन् । सेनाका बलाध्यक्षरथी सरोज राणाको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    थापाले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका हुन् । सेनाले उनको बढुवाको लागि सात दिने सूचना समेत प्रकाशित गरिसकेको छ । सेनाका उपरथी सुरेश कार्कीले अवकास पाएपछी उनको दरबन्दी रिक्त थियो ।