काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन् ।मुस्लिम समुदायको इद–उल–अजाह (बकर–इद) पर्वका अवसरमा पौडेलले शुभकामना व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको बताए ।
भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने पौडेलको भनाई छ । उनले इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।