ग्यापु मार्केटप्लेसलाई बिजी होल्डिङले अक्वायर गर्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ग्यापु मार्केटप्लेसलाई बिजी होल्डिङले अक्वायर गर्यो

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, सोमबार

    काठमाडौं । लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर गरेको छ । ग्यापुले अहिले नेपाल भरि नै सामान डेलिभरी गर्दै आएको छ ।

    ग्यापुले घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री देशैभरि डेलिभर गरिरहेको छ । वर्न इन लकडाउन रेज इन लकडाउन स्लोगन रहेको ग्यापुले मार्केटप्लेसले अहिले दैनिक ७ सयभन्दा बढी अर्डरहरु नेपालभर पुर्याइरहेको छ ।

    ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सिइओको रुपमा नियुक्त गरेको छ । 

    ग्यापुले अहिले दशैंलाई लक्षित गर्दै विभिन्न सामान किन्दा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् ।

    ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

    हाल ग्यापुमा हजारबढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एपमार्फत ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजार भन्दा बढी  ग्राहक दर्ता भइ सेवा लिइरहेका छन् ।