घरको छत खस्दा एकै परिवारको नौजनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    घरको छत खस्दा एकै परिवारको नौजनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०७९, मंगलवार

    इस्लामाबाद । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको छ । 

    उक्त सहरको बोनार्डास क्षेत्रमा आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
       
    छत खसेलगत्तै स्थानीयबासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ । पाकिस्तानी डन न्युजका अनुसार उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्‍याएका थिए ।