किन हट्यो प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम बन्दसूचीबाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    किन हट्यो प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम बन्दसूचीबाट

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७९, बुधबार

    काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो ।

    परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।