एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ, मंसिर ४ पछि फेरि आउँछौँ : ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ, मंसिर ४ पछि फेरि आउँछौँ : ओली

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७९, बिहीबार

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी दाबी गरेका छन् ।

    झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य-मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’

    चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताए ।

    उनले भने, ‘पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको होला । महेन्द्रको पालामा पूर्व-पश्चिम राजमार्ग बने होलान् । तर, आधुनिक जमानामा देखाउन लायक काम एमालेले नै गरेको छ ।’