काठमाडौ । सरकारले मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सरकारले सार्वजनिक बिदाको निर्णय गरेको हो ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तीमा जनाइए अनुसार मतदान केन्द्र रहेका विद्यालयमा मंसिर २ देखि ५ सम्म बिदा हुनेछ । त्यस्तै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा ४ र ५ गते बिदाको निर्णय गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जानकारी दिए ।