गण्डकीका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७९, मंगलवार


    पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसबाटै मन्त्री बनेका खड्कालाई बर्खास्त गर्दै मन्त्रालय आफू मातहात राखेका छन् ।

    मुख्यमन्त्री पोखरेल र कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोप उनलाई लागेको छ । विन्दुकुमार कास्की २‘ख’ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन् ।

    सोही क्षेत्रबाट खड्का उम्मेदवारी दिन चाहान्थे । पार्टीले टिकट नदिएपछि खड्काले थापालाई सहयोग नगरेको आरोप छ ।
    मुख्यमन्त्री पोखरेलको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीपरिषद् हेरफेर गरिएको सुचना निकालेका छन ।

    कात्तिक २२ गतेपनि गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री हरिशरण आचार्य बर्खास्त भएका थिए । तत्कालीन जनता समाजवादीबाट मन्त्री बनेका आचार्यलाई प्रचण्डविरुद्ध भोट मागेको आरोपमा बर्खास्त गरिएको हो ।