उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७९, बुधबार

    चितवन । चितवन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ।

    आज बिहान भरतपुरमा रोकिराखेको गाडी अज्ञात समूहले तोडफोड गरेका छन्।

    चुनावी अभियानमा श्रेष्ठ चढ्ने गरेको बा ३ च २०४० नम्बरको गाडीको सिसा फुटेको छ।

    मोटरसाइकलमा आएका तीन जनाले ढुंगा हानेर गाडीका सिसा फुटाएको र उक्त समूहको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ।

    भरतपुर महानगरपालिका वडा नम्बर १० मा भएको चुनावी घरदैलो र कोणसभाका लागि श्रेष्ठ सहभागी हुँदै गर्दा पार्किङ गरिराखेको गाडी तोडफोड भएको हो।