पोखरा आइपुग्यो एरो थाइको जहाज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा आइपुग्यो एरो थाइको जहाज

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७९, शनिबार

    पोखरा । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइको विशेष जहाड पोखरा आइपुगेको छ । शनिबार विहान एरो थाइको जहाज पोखरा विमानस्थलमा आइपुगेको हो ।

    एरो थाइको जहाजले अन्र्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट मंसिर ५ देखी १२ गतेसम्म गर्नेछ । विहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट तय भएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

    ‘त्यो समयमा नेभिगेसन इक्युप्मेन्टको क्यालिब्रेसन गर्नेछ’, उनले भने, ‘हामीले इन्स्टल गरेका ग्राउण्डवेस नेभिगेसन इक्युप्मेन्टहरु प्रयोगयोग्य छन्् कि छैनन् । भोलि आवश्यक परेको बेलामा सिग्नल दिन्छ कि दिदैन भनेर अवस्था निक्र्यौल गर्ने हो, प्रमाणिकरण गर्ने हो ।’
    क्यालिब्रेसन फ्लाइट अवधिभर पोखरा विमानस्थलको उडान प्रभावित हुनेछ । नियमित उडानका लागि नोटाम जारी गरिसकिएको छ ।

    क्यालिब्रेसन फ्लाइटले पोखरा विमानस्थलको दैनिक ३० को हाराहारीमा उडान प्रवाभित हुने पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले बताए । ‘२ बजेपछि सबै उडान प्रभावित हुनेछ’, उनले भने, ‘विहानमा पनि हुस्सु लाग्न थालेपछि ९ बजेपछि मात्रै उडान हुने ट्रेन्ड देखिएको छ । मौसम खुलेपछि केही उडान मात्र हुनेछ ।’

    २०३२ सालदेखि निर्माणको चर्चा चलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९८.५ प्रतिशत भौतिक प्रगती भएको पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईले जानकारी दिएको छ । पोखरा महानगरपालिका–१४ छिनेडाडाँमा निर्माण भएको अन्र्तराष्ट्रिय विमानस्थलबाट जनवरी १ देखी नियमित उडान सुरु गर्ने नेपाल नागरिक उड्ड्यान प्राधिकरणको तयारी छ । तर, पोखरा महानगरपालिकाले ल्यान्डफिल साइटको व्यवस्थापन गर्दा नियमित उडान तोकिएको समयमा हुने नहुने अन्यौलछ । ल्यान्डफिल साइटका कारण अन्र्तराष्ट्रिय विमानस्थल क्षेत्रमा चराहरु गतिविधि निकै छ ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ विदेशमन्त्रीले गत चैतमा नै नेपाललाई हस्तान्तरण गरिसकेका छन् । चिनको एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ सहुलियत ऋणमा विमानस्थल निर्माण गरिएको हो ।

    सन् २०१४ मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएर २०१७ को नोभेम्बरबाट निर्माण थालनी भएको थियो । २०२१ जुन १० मा सक्नुपर्ने सम्झौतामा उल्लेख भएपनि पूरा नभएपछि एक वर्षका लागि म्याद थपिएको थियो ।

    विमानस्थलबाट नियमित उडान भर्नका लागि पोखरा–२६ को रिठ्ठेपानी डाँडा ४० मिटर कटान गर्नुपर्नेमा १६ मिटर कटान सकिएको छ । क्यालिब्रेसन फ्लाइटका लागि १४ मिटर कटान गरे हुन्छ । यस्तै विमानस्थलमा हवाइ इन्धन डिपो निर्माणका लागि हालै ठेक्का लगाईएको छ ।