नारायणगढमा आजपनि चल्यो डोजर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढमा आजपनि चल्यो डोजर

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७९, शनिबार

    चितवन । सडक डिभिजन कार्यालय भरतपुरले शनिबार पनि नारायणगढ बजारमा सडक सीमा मिचेर बनाएका संरचनामा डोजर चलाएको छ ।

    शुक्रबार लायन्सचोक र पुल्चोकबीचमा दक्षिणतर्फका घरटहरा भत्काएको कार्यालयले सोही ठाउँमा सडकको उत्तरतर्फको संरचना भत्काएको हो । सडक सीमा मिचेर बनाएको घर टहरा भत्काउन पटक पटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । डोजरले घर टहरा भत्काउन थालेपछि कतिपय घरधनीले भने आफ्नो संरचना आफैं भत्काएका छन् ।

    नारायणगढ गोन्द्राङ सडकखण्डको विस्तारको ठेक्का पाएको निर्माण कम्पनीले सडक डिभिजनलाई सडक सिमा क्लियर गरिदिन दबाव दिएको थियो । डिभिजनले सडक मिचेर बनेका संरचना नभत्काए सडक विस्तारको काम गर्न नसक्ने भन्दै दवाव दिएको थियो । ठेक्काको म्याद सकिन जम्मा ३ महिना मात्रै बाँकी रहेको अवस्थामा सडक विस्तारका लागि अवरोध गरी बनेका संरचना भत्काउन डिभिजन माथि दबाव परेको थियो ।