निवर्तमान मन्त्री विक भन्छन् -विपद् व्यवस्थापन, शान्ति सुरक्षा र विकासमा यथासक्य प्रयास गरें
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    निवर्तमान मन्त्री विक भन्छन् -विपद् व्यवस्थापन, शान्ति सुरक्षा र विकासमा यथासक्य प्रयास गरें

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७९, सोमबार

    पोखरा । गण्डकी प्रदेशका निवर्तमान आन्तरिक मामिला मन्त्री डोवाटे विकले विपद् व्यवस्थापन, शान्ति सुरक्षा र विकासमा यथासक्य प्रयास गरेको उल्लेख गरेका छन् । मन्त्रालयमा सोमबार आयोजित विदाई कार्यक्रममा विकले आफूले इमानदारिताका साथ जिम्मेवारी निर्वाह गरेको भन्दा समग्रमा कार्यकाल सफल भएको बताए ।

    विक २०७८ असोज २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए । उनले पुस १४ गते मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

    ‘नयाँ संरचना, नयाँ मन्त्रालयको जिम्मेवारी बहन गर्ने क्रममा जनता प्रति कति उत्तरदायी र बफादार हुन सकियो भन्ने कुरा आगामी दिनले बताउँला, यो १५ महिनाको अवधिम मैले जिम्मेवारी पाएको मन्त्रालयबाट विपद् व्यवस्थापन र प्रदेशको शान्ति सुरक्षा,विकास निर्माणमा यथासक्य प्रयास गरेको महशुस गरेको छ,’ उनले भने ।

    विकले आगामी जीवन पनि राजनीति र समाजसेवामा नै अर्पण गर्ने प्रतिबद्धता जनाएका छन् ।