काठमाडौ । आजभन्दा ५० हजार वर्ष पहिले अर्थात् हिमयुगमा देखिएको हरियो रङको पुच्छ्रेतारा भोलि शुक्रबार पुन: पृथ्वीबाट देख्न सकिने भएको छ ।
वैज्ञानिकहरुले C/2022 E3 (ZTE) नाम दिएको यो पुच्छ्रेतारा शुक्रबार बिहानबाट अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।
उनले भने, ‘आजभन्दा ५० हजार वर्ष पूर्व हिमयुगमा देखिएको हरित रङ्गको पुच्छ्रेतारा पृथ्वीबाट फेरि देख्न सकिन्छ । होमो सेपियन्स अर्थात् हाम्रा पूर्वजहरु पृथ्वीमा विचरण गरिरहेको समयमा सौर्यमण्डलमा देखिएको थियो । भोलि शुक्रबारबाट नेपालबाट पनि देख्न सक्छौं।’