गण्डकीमा क्षयरोगीः वर्ष दिनमा ९२ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीमा क्षयरोगीः वर्ष दिनमा ९२ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७९, शुक्रबार

    पोखरा । गण्डकी प्रदेशमा यो वर्ष १ हजार २५६ जना क्षयरोगका बिरामी थपिएका छन् । साउनयता ४६५ महिला र ७९१ पुरुषले क्षयरोगका बिरामी थपिएका हुन् ।

    गण्डकीकै सबैभन्दा धेरै कास्कीमा ३०६ जना बिरामी फेला परेका छन् । सबैभन्दा कम मनाङका ३ र मुस्ताङका ४ जना बिरामी भेटिएको क्षयरोग उपचार केन्द्र पोखराले जनाएको छ ।

    नवलपुरमा २९१, स्याङजामा १५२, तनहुँमा १५०, बाग्लुङमा १२३, गोरखामा १०३, लमजुङमा ४८, पर्वतमा ४३ र म्याग्दीमा ३३ जना नयाँ बिरामी फेला परेको छ ।

    गत आर्थिक वर्ष गण्डकीमा २ हजार ४४७ क्षयरोगका बिरामी फेला परेका थिए । जसमध्ये ९२ जनाको मृत्यु भयो ।

    गण्डकीमा गएको वर्ष ५ हजार ६७७ जना बिरामीलाई उपचार सेवामा ल्याउने लक्ष्य थियो । संक्रमित पत्ता लगाउन पनि ४३.०७ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ ।

    क्षयरोगीको संख्या बढी भएपनि स्वास्थ्य संस्थामा आउन आनकानी गर्ने प्रदेश क्षयरोग कार्यक्रम संयोजक राजेशकुमार यादवले बताए । उनले भने, ‘बिरामीले टिभी छ भनेर पत्याउनुहुन्न । एक हप्ता औषधि खाएर छाड्ने बिरामी पनि भेटिन्छ । नकरात्मक सोच्छन् भनेर धेरै खुल्न चाहानुहुन्न ।’

    क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसे सुक्ष्म किटाणुबाट लाग्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । एक जना क्षयरोगीले वर्षदिनमा १५ जनालाई सार्ने चिकित्सहरु बताउँछन् । क्षयरोगको उपचारका लागि गण्डकीमा ७४९ डट्स केन्द्र छ । बहुऔषधी प्रतिरोध बिरामीको संख्या बढ्नु क्षयरोग न्युनीकरणका लागि चुनौति थपिएको छ ।