उम्मेदवारको धारणा माग्नुभयो त ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    उम्मेदवारको धारणा माग्नुभयो त ?

    आरके पाेख्रेल

    ३ बैशाख २०८०, आईतवार

    यहि वैशाख १० गते तनहुँ, चितवन र वारामा उप निर्वाचन भैरहेको छ । तनहुँ र बारामा स्वभाविक र चितवनमा अलिक अस्वभाविक कारण केही कमि कमजोरिका कारण निर्वाचन हुन गैइरहेको छ । तनहुँ जिल्ला महर्षि व्यासको तपोभुमी हो ,आदिकवी भानुभक्तको जिल्ला हो,क्रान्ति नायक एक देव आलेको जिल्ला हो,जनकवी गोकुलको जिल्ला हो अनि तपाईंको जिल्ला हो अनि मेरो जिल्ला हो । तनहुँको माटो बिना महाभारत अधुरो र अपुरो हुन्छ तनहुँ बिना रामायण फितलो लाग्छ त नेपाली साहित्य आकाशमा तनहुँ बिना कालो बादल मडारीएको हुन्छ हरेक आन्दोलन र परिवर्तन अनि क्रान्ति पनि तनहुँ बिना अपुरो हुन्छ अधुरो हुन्छ । क्रान्ति नायकहरुले हिजो नै तनहुँबाट परिवर्तन संभव छ भनेर बिगुल फुकेका थिए छ्न। हिजो एकदेव आलेको अगुवाईमा क्रान्तिको बिगुल फुकिएको थियो भने अब आज हाम्रो अगुवाईमा, युवाको शाहस र जोशको अगुवाईमा क्रान्तिको विगुल फुकिने छ । फुक्ने नै छौ । परिवर्तन गर्ने छौ हाम्रै पालामा र हाम्रै नेतृत्वमा परिवर्तन गरिने छ ।

    आगामी बैशाख -१० गते हुन गैइरहेको उप निर्वाचनमा पनि हिजोका हाम्रा पुर्खाले तनहुँबाट दिएको सन्देश जस्तै आज हामिले संदेश दिनुपर्दछ । फेरि पनि भन्छु यो उप निर्वाचन यो कुनै राजनीतिक दलको झण्डाको लडाइँ हुँदै होइन ?? यो लडाइँ देश रहने कि नरहने लडाइँ हो । यो लडाइँ राजनीतिले जित्ने कि हार्ने लडाइँ हो। राजनीति दलहरुको हालसम्मको त्याग र तपस्या अनि बलिदानलाई रद्दीको टोकरीमा मिल्काउने कि जोगाउने लडाइँ हो ।

    एउटा कुरा याद गरौ राजनीति भनेको भावनामा बग्ने कुरा होईन भावनामा बगेर कहिल्यै र कहिँ पनि मुलुक बन्दैन बनेको पनि छैन ! आज हरेक क्रान्ति र परिवर्तन अझ भन्ने हो भने २००७ साल देखि गणतन्त्र प्राप्त गर्ने बेला सम्म माखो नमार्ने हरुको बुरुक्क बुरुक्कको उफ्राई गजब र रोचक छ । हो हामी पनि परिवर्तनको पक्षमा नै छौंं,हामिले पनि परिवर्तन चाहेका छौं तर राजनीति भावनाले हुन्छ त ? राजनीति भनेको भावना हो र ? विचार होइन ? राजनीति भनेको बिकास र समृद्धि होइन ? राजनीति भनेको देश बनाउने कार्य होइन ? राजनीति भनेको लहड हो र ? राजनीति नै गर्ने हौं भन्ने हो भने आजसम्मको परिवर्तनलाई आत्मसात गर्नुपर्दैन ? यत्रो लडेर प्राप्त गरेको गणतन्त्र,संघीयतालाई मान्नुपर्दैन ? संघीयता मान्ने हो भने स्थानीय तह,प्रदेश अनि संघ छ भन्ने बुझ्नुपर्दैन । हामी संविधान मान्छौ भन्ने अनि यहि संविधानले उल्लेख गरेको संघियता नमान्ने अनि जान्नेलाई छान्ने के यहि हो जान्ने भनेको ? संघियता नजान्ने ,संबिधान नजान्ने अनि जान्नेलाई छान्ने ?

    आफू जान्ने अरु सबै नजान्ने यहि हो त परिभाषा ? हिजो राणा फाल्ने आन्दोलनलाई सम्मान नगर्ने ? पञ्चायत देखि गणतन्त्र सम्म ल्याउनको लागि लडाइँ लड्नेहरु,सहादत प्राप्त गर्नेहरु माथी अवमूल्यन गर्दै केही गरेनन् माखो मारेनन भन्न मिल्छ ? हो नेपाली जनताले परिवर्तन चाहेकै छ, नयाँ जोश र जांगर उत्साह चाहेकै छ तर अरुलाई सत्ताका निम्ति जे पनि गर्छन् भन्नेहरू आज सत्ताका निम्ति कहिले बालकोट कहिले बुढानिलकण्ठ कहिले पेरिसडांडा गरेको देखिएन ? आफुले गरे जे पनि ठिक अरुले गरे जे पनि बेठिक ? हुन्छ राजनीतिमा सिधा कुरा तनहुँका जनता संग बोलौ त ल । सिधा कुरा सोधखोज गरौं त ल, कसैको नाकको डाँडि नभाँचिकन बोलौ त अब ।

    तनहुँ जिल्ला कसैको प्रयोगशाला हो र ? कोहि संविधान मान्ने प्रदेश सभा नमान्ने लाज लाग्नुपर्दैन । संविधान मान्ने संघीयता नमान्ने ? तनहुँलाई यी र यस्ता पात्रहरू बाट जोगाउने दायित्व तपाईंको हैन ? अनि मेरो हैन ? ” आयाराम हरुलाई के छ र आए आँप गए झटारो” जिते संसद हारे आफ्नो जिल्ला छ्दैछ । हाम्रा पुर्खाले यो बिरासत बोकेको जिल्ला हामिलाई गाली गर्दैनन्,हाम्रा सन्ततिहरुले भोलि प्रश्न गर्दैनन् ? हामिले जवाफ के दिन्छौ त्यतिबेला । सम्झिनुहोस त के होला यी र यस्तै प्रवृत्ति देशमा मौलाउदै गयो भने ? हालका उम्मेदवारहरुलाई तनहुँ सबैभन्दा बढी प्रताडित रहेको परियोजना छ त्यो Mcc परियोजना Mcc परियोजनाको बारेमा तपाईंको धारणा के हो ? भनेर सोद्नुपर्दैन ?

    एसपिपीको बारेमा भोलि संसदमा कुरा उठाउने कि नाई भनेर साेध्नुपर्दैन तनहुँवासीले ? तनहुँबासी एमसिसी र एसपिपीकाे पक्षमा छैनन् भन्ने संदेश दिन अब ढिलाई गर्नु हुदैन राजनीति भावनाको कुरा होइन राष्ट्रियता भावनाले बन्दैन । देश रहे गरौला राजनीति तर हामिले हालका उम्मेदवारलाई सोधौं पटकपटक सोधौं भोलि सदनमा SPp र Mcc को विषयमा तपाईंको समर्थन कि बिरोध भनेर प्रश्न गर्ने कि नगर्ने ? देश बेच्ने सम्झौताको पात्रहरू हाम्रै भावनामा खेल्न कतै आईपुगेका त छैनन् हामी सचेत बन्नुपर्दैन र ? नेपाली हामी रहौंला कहाँ नेपालै नरहे नेपालै नरहे नेपाली जनता बुझ्दैन्न भन्न खोजेको हो कि के हो ? अनि राजनीति गर्नेहरु हार्ने डरले गठबन्धन गर्ने चुनाव लड्ने देशका ठुला ठुला दल मिल्नुको उदेश्य जनतालाई बताउनु पर्दैन ? पार्टीको बिचार अलग-सिद्धान्त अलग छ उम्मेदवार एउटै दुनियाँमा काहीँ संभव छ यस्तो तर यहाँ हाम्रो देशमा भयो हुन्छ भैरहेको छ यो सामान्य कुरा होइन बुझौ नेपाली जनताहरु हो । यसलाई सामान्य मान्नु नै हुँदैन एउटै झण्डा र उदेश्य बोक्ने दलहरूको त मिलाई छैन भने यिन्का मिलाईको उदेश्य के हो कस्ले मिलाईदीएका छन् अझैपनी नबुझ्ने ? कि बुझ्न नखोज्ने ? त्यसैले यो उप – निर्वाचनमा रास्ट्र रास्ट्रियता जोगाउने संन्देश दिनुपर्ने हुन्छ । दलहरुको प्रतिस्पर्धा दलहरु नै हुन् भन्ने सन्देश दिनुपर्ने हुन्छ । यो माटोलाई भारतिय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको क्रिडास्थल बनाउन दिईनु हुदैन र दिईने छैन । आउनोस माटो जागाऔं माटोको रक्षा गरौं । परिवर्तनलाई आत्मासाथ गरौं संघीयता र गणतन्त्रको रक्षा गरौं । तनहुँ बाट यहि सन्देश दिऔं ।