रवि लामिछानेका चालक थापालाई थप उपचारका लागि काठमाडौँ रिफर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेका चालक थापालाई थप उपचारका लागि काठमाडौँ रिफर

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८०, मंगलवार

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । 

    सोमबार तीन तला घरको छतबाट खसेर गम्भिर घाइते भएका थापालाई आज चिकित्सकको सल्लाहमा काठमाडौँको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको हो । मेडिकल कलेज भरतपुरमा उपचाररत उनलाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको रास्वपाका सभापति लामिछानेले जानकारी दिए । 

    भरतपुरमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्यस्थीति स्थिर तथा सुधारोन्मुख रहेको बताइएको छ । 

    ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (CoMS पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सक ज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट Airlift गरि काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ । यस सम्वेदनशील घडिमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भिर स्वास्थ्य स्थीतिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पुर्ण मेडिकल कलेज परिवार प्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।’ सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।