काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सचिवलाई षड्यन्त्रपूर्ण फसाइएको हुन सक्ने भन्दै शंका व्यक्त गरेका छन् ।
सिंहरदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चार वर्षअगाडि चेक काटिएको घटनामा सांसद र उपप्रधानमन्त्री भइसकेको नेतालाई षडयन्त्रपूर्वक समाइएको बताएका हुन् ।
चार वर्षअगाडि नै चेक काटेको छ । त्यो चेक पनि उसैसँग रहेको भन्ने छ,’ ओलीले भने, ‘एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’
ओलीले निर्दोषलाई फसाउन खोजिएको हुन सक्नै भन्दै मान्य नहुने चेतावनी पनि दिएका छन् । तानिएको हो कि तनाइएको हो, यसबारेमा हामी अध्ययन गर्दैछौं,’ ओलीले भने ।