ऋषिङमा पतञ्जली याेग शिविर सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा पतञ्जली याेग शिविर सुरु

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८०, सोमबार

    दमाैली । ऋषिङ गाउँपालिका-१ बेल्टारस्थित शुक्ला माविमा सोमवारबाट एक हप्ते पतञ्जली योग विज्ञान निशुल्क शिविर सुरु भएको छ । उक्त शिविरको ऋषिङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष कुश बहादुर थापाले उद्घाटन गरे ।

    त्यस अवसरमा बोल्दै थापाले मानव जीवनका लागि योग साधना अपरिहार्य भएको चर्चा गर्दै दैनिक रुपमा योग अभ्यास गर्नुपर्नेमा जोड दिए।          

    विद्यालयका प्रधानध्यापक केशबहादुर थापा मगरको सभापतित्वमा भएको उक्त योग अभ्यास शिविरमा ऋषिङ १ का वडासदस्य पूर्णबहादुर थापा, पतञ्जली योग समिति तनहुँका अध्यक्ष मानबहादुर आले, संगठन मन्त्री अर्जुन श्रेष्ठ, विद्यालय प्रभारी कुमार मल्ल, महाविद्यालय प्रभारी शंकरराज नहर्की, सुचना प्रभारी सावित्री श्रेष्ठ, चिकित्सा प्रभारी मोतिलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावक, समितिका पदाधिकारी र शिक्षकहरुको समेत उपस्थिती रहेको छ ।