गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८०, शनिबार

    काठमाडौ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आगामी तीन दिनसम्म देशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तीन दिनसम्म देशका पहाडी क्षेत्रमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि उक्त प्रदेशमा भारी वर्षा भएको मौसमविद् श्रेष्ठले बताए ।

    “गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना छ, तर यो थोरै समय अर्थात् एकदेखि दुई घण्टा मात्रै वर्षा हुनेछ”, उनले भने । बाँकी प्रदेशका पहाडी भूभाग विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मोसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

    कोशी प्रदेश र मधेस प्रदेशको तराईको केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । पश्चिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भूभाग सुक्खा रहेका छन् ती भूभागमा वर्षाको सम्भावन नरहेको मौसमविद् श्रेष्ठले बताए ।

    रातिको समयमा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा काँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।