फेवातालमा डुबेर वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    फेवातालमा डुबेर वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८०, आईतवार

    पोखरा । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा ६३ वर्षीय मिन गुरूङको मृत्यु भएको हो ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका गुरूङ पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने गर्दथे । शनिबार अपराह्न करिब ४ बजेतिर फेवातालमा माछा मार्न गएका उनी डुबेर बेपत्ता भएका थिए  ।