आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८०, मंगलवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई मङ्गलबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले चुमानलाई प्रमाणपत्र हस्तान्तरण गरे । सो अवसरमा चुमानले पूर्ण खोप सुनिश्चित घोषणालाई दिगोपना बनाउनेतर्फ ध्यान दिने बताए ।

    पालिकाका छ वटै वडाका ६ सय ९९ बालबालिकाले पूर्ण खोप पाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार खोप नपाएको भए घरघरमै पुगेर सर्वेक्षण गरिएको थियो । त्यसक्रममा दुई जना छुटेको पाइएको र उनीहरुलाई पनि खोप लगाइएको थियो ।