आफ्नै मात्र तारिफ गरिदिए हुन्थ्यो झै गर्छौ !
खुसी बाड्नुको सट्टा आफ्नै भकारी भर्छौ!
तिमी त्यही पाठशाला पढेर आएका रहेछौ!
अतिवाद जातीवाद भड्काउन अघि सर्छौ!
निस्संदेह यो मनमा बाँस बस्न कस्ले लगायो?
प्रवेश गरेकै दिन देखि मन कस्ले जलायो?
मुर्कुट्टाको शासन व्यवस्था भएको देशमा!
दुधेबच्चाको गर्धनमा तरबार कस्ले चलायो?
बरफ,हावा र पानी बन्न सक्छ अचम्म लाग्छ!
उ आखाको नानी बन्न सक्छ अचम्म लाग्छ!
मन हुनेले संसार खुशी सगै साटन सक्छ रे!
मेरो प्रेम कहानी बन्न सक्छ अचम्म लाग्छ!
जब बदलिन्छ मौसम सम्बन्ध बद्लिन्छ!
जसरी बर्षादमा खहरे खोला बहकिन्छ!
आजकल मालिक सम्झिदो रैछ आफुलाइ!
चिन्ता नगर्नु भो पाँच बर्षमा आफै थलिन्छ!
रोपेर बिउलाई पटकपटक खोतल्दै हेर्न हुदैन!
स्वयं आफुले आफैले तराजुमा जोख्न हुदैन!
रातमा किरा फटयांग्रा हरुको साम्राज्य चल्छ!
पानी जस्तै हो जिन्दगी कहिँ कतै पोख्न हुदैन!