दमौली । तनहुँको भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेले दोहोरो भत्ता बापतको रकम फिर्ता गरेकी छन् । उपप्रमुख गोतामेले अनुगमनको दोहोरो भत्ता बापतको रु सात हजार फिर्ता गरेकी हुन्।
नगरपालिकाका जनप्रतिनिधिले दोहोरो भत्ता बुझ्ने गरेको समाचार खबरपुञ्ज डटकमले प्रकाशित गरेको थियो ।
त्यसलगत्तै उनले विज्ञप्ती जारी गरी कर्मचारीले थाहै नदिई आफूहरुको खातामा रकम हालिदिएको प्रष्टीकरण दिएकी थिइन् ।
सम्बन्धित समाचार