ऑबुखैरेनीका दुई वर्षीय सोपनिल क्यान्सरबाट पीडित, उपचारमा सहयोगको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका दुई वर्षीय सोपनिल क्यान्सरबाट पीडित, उपचारमा सहयोगको अपिल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । ऑबुखैरेनी गाउँपालिका-३ चिसापानीका दुई वर्षीय सोपनिल सुनारी बोन म्यारो क्यान्सरबाट पीडित छन् । साइमन सुनारी र भवानी सुनारीको छोरा सोपनिल केही समयदेखि क्यान्सरबाट पीडित भई उपचाररत छन्।

    घरको आर्थिक अवस्था कमजोर हुँदा उनको उपचारमा समस्या भएको छ । हाल उनको नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार भइरहेको छ । हालसम्म लाखौ खर्च भइसकेको र उपचारका लागि आर्थिक अभाव भएको निजका आमा भवानी विकले बताइन् ।

    उनले भनिन्, ‘छोराको उपचारले भएको पैसा सकियो, सबैले सहयोग गरिदिए छोराको उपचार गर्न पाउँथ्यौ ।’

    ऑबुखैरेनी गाउँपालिकाले निज बालकको उपचारमा सहयोग पुर्याउन आग्रह गरेको छ।

    ऑबुखैरेनी-३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले सबैको स-सानो सहयोगले बालकको ज्यान बच्न सक्ने भएकाले सहयोग गर्नका लागि अपिल गरेका छन् ।

    बालकका आमा भवानी विकको बैंक खाता विवरण