शुक्लागण्डकीमा बाम भेटघाट : बाम सहकार्य र समन्वयका लागि कार्यदल गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा बाम भेटघाट : बाम सहकार्य र समन्वयका लागि कार्यदल गठन

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८०, बिहीबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा बाम भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

    शुक्लागण्डकी नगरपालिकामा क्रियाशील कम्युनिष्ट पार्टीहरु एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत बाम बुद्विजिवीहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै बाम आन्दोलनको चर्चा, समिक्षा र पुन: बाम एकताको सम्भावना र आवश्यकता बारे गहन छलफल भएको माओवादी शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए । शुक्लागण्डकीमा बाम सहकार्य र समन्वयको लागि एमाले शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सीनाको संयोजकमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ ।